Logo

कञ्चनरूप नगरप्रमुख गुप्ताले मरिक (डोम) समुदायका १४ परिवारलाई छठपर्व पुजा सामाग्री प्रदान 

                     
Logo १३ कार्तिक २०७९, आईतवार १४:१२    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले मरिक (डोम ) समुदायका अति विपन्न १४ परिवारलाई छठ पर्व मनाउनका लागी पुजा सामाग्री प्रदान गरेका छन ।

नगर प्रमुख गुप्ताले पालिकाका अन्तरगतका विभिन्न वडामा बसोवास गद छठ पर्व मनाउन नसक्ने अति विपन्न  आएका मरिक (डोम ) समुदायका १४ परिवारलाई छठ पूजामा चाहिने विविध सामाग्री बर्तालु महिलाको लागी एक एक वटा सारी समेत प्रदान गरका छन ।

नगर प्रमुख गुप्ताले मरिक (डोम ) समुदायका आँगन आँगनमा पुगेर आफ्नै ब्यक्ति तर्फबाट छठ पूजामा चाहिने विविध सामाग्री प्रदान गरका हुन ।


लोकप्रिय छुटाउनुभयो कि ?