कञ्चनरूप । देशका ग्रामीण भेगदेखि सहरसम्मको जलाशयमा दुलहीझैँ सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिइएको छ ।


विना भेदभाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चालमको घोल र सिन्दूर लगाएर अक्षता र फुल सहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरियो ।













