जनकपुरधाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पर्यवेक्षणका लागि दुई दिने प्रशिक्षकहरूको प्रादेशिक प्रशिक्षण कार्यक्रम सोमवार जनकपुरमा सम्पन्न भएको छ ।


राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को आयोजनामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि पर्यवेक्षणमा खटिने पर्यवेक्षकहरूलाई पर्यवेक्षण दिने दैत्यका साथ प्रशिक्षकहरूको मधेश प्रादेशिक प्रशिक्षक प्रशिक्षण भएको हो। मधेशका प्रशिक्षणमा ८ जिल्लाका १६ जना नियोक प्रतिनिधिहरूलाई प्रशिक्षण दिएका थियो ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक) मधेश प्रदेश संयोजक कमल साहको अध्यक्षता सम्पन्न भएको थियो भने डा. गोपाल कृष्ण सिवाकोटी प्रशिक्षण दिएका थिए ।













