राजविराज । सप्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार जयप्रकाश ठाकुरले संविधान नमान्ने संग गठबन्धन गर्दै अनि आफूलाई मधेशीको मसिहा भनाउनेहरुलाई यसै निर्वाचनमा जनताले जवाफ दिने बताए छन् ।


राजविराज नगरपालिका वार्ड नम्बर ६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ठाकुरले यस्तो बताएका हुन ।
उम्मेदवार ठाकुरले संघीयता र संविधान विरोधी शक्तिलाई परास्त गर्न सुनौलो अवसर आएकाले जनताले यसको सदुपयोग गर्नु पर्ने बताउदै संघीयता र संविधान विरोधी शक्तिलाई परास्त गर्नु पर्ने बताएका छन् ।

‘मधेशीको हक हितका लागि ल्याईएको नागरिकता विधेयकलाई विफल बनाउने दललाई काँधमा बोकेर मधेश ल्याउने कहिले पनि मधेश र मधेशीको हितम काम गर्दैन ।’ ठाकुरले भने, ‘सप्तरी २ मा लोकतान्त्रिक–बाम गठबन्धनको लहर चलेको छ, जनतामा उत्साह छ र परिणाम सकारात्म आउँछ ।’
सप्तरी–२ (ख) बाट लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार उमेश यादवले गाणतन्त्र आएका कारण मधेशी र दलित जनताति समुदाय उच्च पदमा पुग्न सफल भएको बताए ।
उनले डा. रामवरण यादव राष्ट्रपति बन्नु गणतन्त्रकै उपलब्धि भएको बताए । उनले केही शक्तिहरु पटक–पटक संविधानलाई असफल बनाउने प्रयास गरेको बताउँदै यादवले संविधान र संघीयाता जोगाउनका लागि बाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताए ।
‘दुई–दुईचोटी संविधानको दुरुपयोग गरेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले केपी एन्ड कम्पनीको इसारामा चलेर संसद विघट्न गरेको सबैलाई थाहै छ । नागरिकता विधेयकलाई प्रमाणिकारण नगरि संबिधानलाई भाँडने काम गरेको घट्ना ताजै छ ।’ उनले भने ।
यो लोकतान्त्रिक–वाम गठबन्धन राजनैतिक इतिहासमा सत्ताको लागि नभई संविधान र संघीयता जोगाउनका लागि निर्माण भएको उल्लेख गर्दै अगामी चुनावमा यही गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सचिव सनत मण्डल, पुर्व नगरप्रमुख शम्भु यादवले जसपा अध्यक्ष उपेन्द्र यादवकै कारण २२ जिल्ला रहेको मधेश अहिले ८ जिल्लामा खुम्चिएको आरोप लगाए ।
अर्का काँग्रेसका नेता अर्जुन साहले देशमा दुई धारको दुई गठबन्धन रहेको भन्दै लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
काँग्रेशकै नेता इर्साद अन्सारील लोकतन्त्र र संबिधान बिरोधी लाई अगामी चुनावमा पराजित गनुपर्ने बताए । नेपाली काग्रेसका वडा अध्यक्ष राजकुमार चौधरीको अध्यक्षतामा चुनावी सभा सम्पन्न भएको थियो ।












