कञ्चनरूप । आदिवासी थारू समुदायले सप्तरीको कञ्चनरूपमा समाचकेवा पर्व महोत्सव मनाएका छन् ।


बुधबार कोशिला महिला समुह कञ्चनरूप—४ जगतपुरको आयोजित कार्यक्रममा थारू समुदायका दिदीबहिनीहरूले समाचकेवा महोत्सव हर्षोल्लास पूर्वक यो पर्व मनाएका हुन् ।
थारू समुदायका दिदीबहिनीहरूले समाचकेवा महोत्सवको गीत सङ्गीतका साथ नगर परिक्रमा गरेका थिए । थारू समुदायका दिदीबहिनीहरूले दाजु भाइको दीर्घायुको कामना गर्दै मनाइने गरिन्छ ।

कात्तिक शुक्ल द्वितीया तिथिदेखि सुरु भएको यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्म थारू समुदायका दिदीबहिनीहरू प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजन कीर्तन गर्दै हर्षोल्लासको साथ मनाइने गरिन्छ ।
भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा रहेको यो पर्वमा थारू दिदीबहिनीहरूले समेत समा—चकेवा खेल्छन् छन् । अहिले पनि थारू समाज वचनको पक्का मानेर काम गर्दै आएका छन् । छोरा छोरीले गल्ती गरेमा अहिले पनि थारू समाजमा घरमूलीले प्रचलन छ छ ।
नेपालको इतिहास हेर्दा तराइमा बसोवास गर्ने थुप्रै जात, जातिहरूले विभिन्न काल खण्डमा आइ आआफ्नो अस्तित्वलाई स्थापित गरे पनि एकले अर्कालाई विस्थापित गर्ने र अर्काको धर्म संस्कृति परम्परालाई नकारात्मक व्यवहार गरेको पाइँदैन । अहिले पनि तराईमा थारू समुदाय मात्रै नभइ थारू समुदायसँग विभिन्न समयमा आएका अन्य जाति समुदायहरूले पनि यस परम्परालाई स्वीकार गरी धुमधामको साथ समाचकेवा मनाउने गर्छन् ।













