Logo

निर्वाचनको अन्तिम परिणाम नआउन्जेल सम्म सप्तरीमा मादक पदार्थ बिक्रि बितरणमा निशेध

                     
Logo २३ कार्तिक २०७९, बुधबार २०:२८    

राजबिराज । निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले कात्तिक २३ गतेदेखी जिल्लाभर मादक पदार्थको ओसारपोसार, बिक्रि बितरण र सेवन कार्य निषेध गरेको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा बुधबार जारि सूचनामा मंसिर ४ गतेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरिहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको परिपत्र र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त कार्यमा निषेध लगाइएको उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?