Logo

सप्तरीमा गाेरुगाडा दाैड प्रतियोगिता सम्पन्न

                     
Logo २६ कार्तिक २०७९, शनिबार २०:४७    

राजबिराज । सप्तरीको खडक नदिमा कात्तिक मास मेलाको अवसरमा शनिबार गाेरुगाडा दाैड प्रतियोगिता सम्पन्न भएको छ ।

खडक नगरपालिका वडा न ११ र बाेदेबरसाईन नगरपालिका वडा ५ मा खडक नदिमा कात्तिक मास मेलामा

कृषि पेसामा यात्रिकरणकाे बिकास भएसँगै गाउँदेहातमा गाेरु पालन गर्न छाडेपछि मेला समितिले प्रतियोगिताकाे आयाेजना गरेकाे हाे । शनिबार गाेरुगडा दाैड प्रतियोगितामा सप्तरी बलानबिहुल गाँउपालिका वडा न २ दिघियाका कृषक जिवछ प्रसाद यादवकाे बैलगाडा प्रथम स्थान प्राप्त गरे । प्रथम स्थान प्राप्त गर्दै २ ताैला चाँदीको मेडल,एक जाेडि घुघुर,बालटिन,३० केजि पिना र गमछा पुरस्कार प्राप्त गरे त्यसैगरी प्रतियोगितामा बाेदेबरसाइन नगरपालिका वडा न ३ गाैराका कृषक मुकेश सहनेगिया यादवले दाेस्राे स्थान प्राप्त गर्दै १ ताैला चाँदीको मेडल,२५ केजि पिना ,एक जाेड घुघुर,बालटिन र गमछा पुरस्कार पाए । यसैगरी बाेदेबरसाइन नगरपालिका वडा न १ डहवारीका महेन्द्र यादवकाे गाेरुगडाले तेस्रो स्थान प्राप्त गर्दै २० केजि पिना, एक जाेड घुघुर,बालटिन,र गमछा पुरस्कार पाए । पुरस्कृत गाेरुगडा धनिलाई बाेदेबरसाइनका मेयर आतिश सिहं यादव र बाेदेबरसाइन वडा न ५ का वडाअध्यक्ष रामप्रसाद रामले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

मेला समितका अध्यक्ष जिवछ यादवकाे अध्यक्षता सम्पन्न भएको थियाे । ११ जना गाेरुगाडा प्रतियोगितामा सहभागी रहेकाेमा गाेरुगडा प्रतियोगितामा आम कृषकलाई गाेरु पालप्रति आक्रशन बढाउने उदेश रहेकाे समितिकाे तर्क रहेकाे छ । गत वर्ष कात्तिक मास स्नान मेलामा गाेरुगडा प्रतियोगितामा ६ जना सहभागी रहेकाे थियाे ।


लोकप्रिय छुटाउनुभयो कि ?