राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष कुमार सुमनले निर्वाचनमा पराजयको त्रासले प्रतिस्पर्धीहरूले हदैसम्मको अनर्गल प्रचारबाजी गर्दै आएको बताएका छन् ।


राजविराजमा सोमवार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो कुरा प्रष्ट पारेका हुन् । हालसम्म कसैले गर्न नसकेको विकासीय कामहरू तथा राजनीतिक आन्दोलनहरूको उपलब्धीले गर्दा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पक्षमा जनलहर रहेकोले प्रतिस्पर्धीहरू डराएर भ्रामक प्रचारबाजी गरिरहेको बताउँदै उनले भने ‘चुनावी प्रतिस्पर्धामा रहेका प्रतिष्पर्धा उम्मेदवारहरु मा हारको त्रास देखिएको छ, त्यसैले उनीहरु आतिएको छन्, त्यसको जवाफ जनताले दिने छन् ।’
सामाजिक सञ्जालहरूमा निर्वाचन आचार संघीयता विपरित जसपाका अध्यक्ष यादवलाई लक्षित गरी दुष्प्रचार प्रचार गरिरहेको बताउँदै स्वस्थ प्रचार र स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने पार्टी प्रवक्ता सुमनले जानकारी दिए । जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले भ्रामक प्रचार गरेको भन्दै उनले सो विषयमा पनि आफ्नो पार्टी र प्रशासनले समेत खण्डन गरिसकेको बताए ।

असती जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले स्पष्ट रुपमा एउटा भिडियो सार्वजनिक गर्दै यहाँका प्रशासनले जसपाको पैसा बोक्छ भन्ने भ्रामक प्रचार गर्नुभयो’ उनले भने, ‘केही दिनअघि मात्रै एउटा धार्मिक समूहले धर्मकै नाममा हामीमाथि कुप्रचार गर्नुभयो । सबैलाई थाहा छ, जसपा समाजवाद स्थापना गर्ने, अल्पसंख्यक समुदायको हितमा बोल्ने पार्टी हो । ’
त्यस्तै, यस क्षेत्रमा विकासको लहर ल्याउने तथा समानुपातिक असमावेशिताको लागि लड्दैआएको एक सैद्धान्तिक पार्टी रहेको प्रवक्ता सुमनले बताए । ‘हामी अस्वस्थ प्रतिस्पर्धाहरूमाथि विश्वास पनि राख्दैनौं, त्यस्ता अस्वस्थ प्रतिस्पर्धा गर्न पनि चाहँदैनौं’ उनले भने, ‘जातपात र धर्म यी सबैभन्दा माथि उठेर हामी आसन्न निर्वाचनलाई एउटा स्वस्थ निर्वाचनको रुपमा सम्पन्न गर्न उत्प्रेरित छौं ।’
जिल्लामा वाह्य हस्तक्षेप व्यापक बढेको भन्दै निर्वाचनको माहोल नधमिल्याउने प्रवक्ता सुमनले सचेत गराए । अन्य उम्मेदवारलाई पनि त्यसरी नै स्वस्थ रुपमा चुनावी प्रचार गर्न आग्रह गर्दै प्रशासनलाई समेत स्वच्छ निर्वाचन गराउनमा सहयोग पुर्याउन उनले आग्रह गरे । अस्वस्थ प्रतिस्पर्धामा लागेका र धर्मका नाममा उन्माद फैलाउनेलाई कारवाहीको दायरामा ल्याउनका लागि प्रहरी प्रशासन समेत चनाखो रहनुपर्नेमा जोड दिए ।












