राजविराज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पर्यवेक्षणका लागि एक दिवसीय पर्यवेक्षक अभिमुखीकरण कार्यक्रम बुधवार राजविराजमा सम्पन्न भएको छ ।


राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) सप्तरी शाखाको आयोजनामा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि पर्यवेक्षणमा खटिने पर्यवेक्षकहरूलाई अभिमुखीकरण गरिएको हो । सप्तरीका विभिन्न स्थानीय तहका १६ जना नियोक प्रतिनिधिहरूलाई पर्यवेक्षक लागि अभिमुखीकरण दिएका थियो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति (नियोक) सप्तरीका संयोजक जंगबहादुर सिंहको अध्यक्षतामा अध्यक्षता सम्पन्न भएको थियो ।
मधेशी आयोगकी सदस्य आभा सेतु सिंहको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा मधेशी आयोगका अर्का सदस्य जिवछ सप्तरीका मुख्य निर्वाचन अधिकृत हेमन्त रावल ,आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, समावेशी आयोगका सदस्य विष्णु ओझा, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिला थापा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी उपरीक्षक अविनारायण काफ्ले लगायतले पनि निर्वाचन आचारसहिंताको प्रभावकारी कार्यान्वयनका लागि अपनाउनु पर्ने विधि बारे आ–आफ्नो धारणा राखेका थिए । अभिमुखीकरण कार्यक्रममा निर्वाचनमा खटिने पर्यवेक्षकहरूलाई अनिल पोखरेल र ललिता चौधरीले तालिम प्रदान गरिरहेको नियोकका सप्तरीले जनाएको छ ।












