कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले निर्वाचन अगाडि गरेको जारी घोषण पत्र अनुसारको कञ्चनरूप नगरपालिकालाई Free WIFI Zone बनाउने भएका छन ।


नगर प्रमुख गुप्ताले निर्वाचन अगाडि घोषण पत्रको पूर्वाधार शीर्षकको दोस्रो बुँदाको अन्यका उल्लेख भएअनुसार free wifi जडान गर्नको लागि आज इन्टरनेट सर्विस प्रा. लि. वर्ल्डलिंक सँग सम्झौता गरेका हुन ।
नगर भरी सरकारी अफिस , मुख्य चोकहरू, टोलहरू सार्वजनिक स्थलहरूमा free wife जडान गरिने भएको छ ।

यसै गरी नगर भरीका कृषकहरूका लागि निःशुल्क कृषि मिटर तथा ३०० युनिट विद्युत महसुल पहिलो चरण मा १५० जना लाई प्रदान गर्न लागेको नगर प्रमुख गुप्ताले जजनाएका छन ।
त्यसै गरी सप्तरी क्षेत्र नं १ को प्रतिनिधि सभा तथा प्रदेश सभा को मतगणना स्थल स्थित सर्वोदय मावि अगाडि चिया मेयर सँग भन्दै राजनीतिक दल का प्रतिनिधि तथा जनताहरूलाई व्यक्तिगत लगानीमा निशुल्क चियाको ब्यवस्था गरेका छन । चिया खाई मतगणना को नतिजा सुन्न अनुरोध समेत गरेका छन ।
https://kanchan24.com/?p=11966












