कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका १ स्थित बैरवामा घाटी रेटिएको अवस्थामा एक पुरूषको सव फेला परेको छ ।


स्थानीय बैरवा घर भएका अन्दाजी ४८ बर्षिया पप्पु भनिने सञ्जय राउतको घाटी रेटिएको अवस्थामा घर नजिकै रहेको पोखरीमा शव भेटिएको कञ्चनरूप प्रहरी प्रमुख डीएसपी रामकुमार यादवले बताए का छन । सोमबार राति ९ बजेदेखि बेपत्ता रहेका राउत मंगलबार बिहान घाँटी रेटिएको अवस्थामा फेला परेका थिए। घटनाको प्रकृति हेर्दा घाटी रेटेर हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ । घाँटी रेटि हत्या गरिएको शव फेला परेसँगै घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि तालिमप्राप्त कुकुरबाट प्रहरीले थप अनुसन्धान कार्य थालेको छ ।’
स्थानीय गाउँलेका अनुसार मृतक गाउँघरमा व्याजमा रुपैयाँ लगानी गर्ने काम गर्थे ।













