राजविराज । सप्तरीका अग्रज पत्रकार अर्जुन प्रसाद साहलाई पितृशोक परेको छ ।


जिल्लाका अग्रज पत्रकार तथा प्रेस युनियनका केन्द्रिय पार्षद् एवं नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका पूर्व सचिव अर्जुन प्रसाद साहको पिता भिखारी प्रसाद साहको ९५ वर्षको उमेरमा निधन आइतबार निधन भएको हो ।
राजविराज नगरपालिका ७ निवासी साह स्वासप्रस्वासमा केही असजिलो भए पछि आइतबार बिहान राजविराज स्थित गजेन्द्र नारायण सिह अस्पताल लगिएको थियो । साहको अस्पतालमै उपचार हुदै गर्दा मध्यान्ह १२ः३० बजे निधन भएको जनाएको छ । साहलाई सामाजिक परम्परा अनुसार आइतबारै अन्त्येष्टि गरिएको पत्रकार अर्जुन साहले बताए ।

मृतक साहको ३ छोरा १ छोरी १० जना नातिनातिना रहेका छन् । पत्रकार अर्जुन साह मृतकका कान्छा छोरा हुन ।












