कञ्चनरूप। सप्तरीको कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्युको सम्बन्धमा आर्थिक अभावका कारण उपचार नपाई दुई सातामा दलित विपन्नको मृत्यु भएको भन्ने तथ्य भ्रामक रहेको नगरपालिकाले जनाएको छ ।


कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्त जारी गर्दै सो बताएका हुन ।
उपचार र आर्थिक अभावको कारणले मृत्यु नभई रक्सी सेवन तथा चेतनाको कमीको रक्सी तथा लागू पदार्थ जस्ता सेवन न्यूनिकरणको लागी सबै नागरिकहरूले आ–आफ्नो स्थानबाट पहल तथा सहयोग पुर्याउन समेत अनुरोध गरेका छन ।

उनले पत्रकाहरूको प्रश्नको जवाफमा रोगी छु भन्ने थाहा हुँदा हुँदै रक्सी सेवन गरि मृत्यु वरण गर्ने लाई के भन्ने ? अनि उपचारका क्रममा काठमाडौँमा मृत्यु भएकोलाई के भन्ने उपचार हुनै सकेन भन्न मिल्छ र ?
अनि छर्पु सदाको छोरा सन्तोष सदा नगरपालिकामा नै कार्यरत कर्मचारी हुन, छर्पु र उनकी श्रीमतीले सामाजिक सुरक्षा भत्ता लीरहेको नगर प्रमुख गुप्ताले जनाएका छन ।
नगर प्रमुख गुप्ताले जारी गरेको प्रेस विज्ञप्त विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकामा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएका छन भने विगत २ हप्तामा मृत्यु भएको नागरिक सम्बन्धमा नगरपालिकाको ८ नम्बर बस्ने सुरज सदा विगत ५ वर्ष देखि विदेश बसेको र त्यहाँ अत्यधिक रक्सी सेवन गरेको कारण निजलाई विदेशबाट फिर्ता पठाएको र निज नेपाल फर्कि सकेपछि उदयपुरको रामपुरमा कामकाज गर्दै आएको र त्यहाँ पनि रक्सी खाँदै गर्दा पुरै शरीर सुनिएर लिभर ड्यामेज भएको र उपचारको क्रममा मृत्यु भएको उल्लेख गरेका छन ।
यसैगरी वडा नं।८ कै चन्दु सदा २०७९ जेष्ठमा नै अत्यधिक रक्सी सेवनकै कारण आन्द्रामा घाउ भएर मृत्यु भएको र निजले २,३ वर्ष देखी इनरुवा, धरान ,विराटनगरमा उपचार गराएको र उपचारको क्रममा मृत्यु भएको जनाएका छन ।
त्यसै गरी वडा नं।९ को भिखो खङ्ग अत्यधिक रक्सी सेवन गरेको कारण लिभर क्यान्सर भएको र उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचार गराएको उनी क्यान्सरको अन्तिम अवस्था भएको कारण घर फिर्ता पठाएको र निजको घरमा मृत्यु भएको देखियो भनेका छन ।
यसैगरी ४ बस्ने राजदेव सदा एक वर्ष पहिलानै ( २०७७ कार्तिक १० गते) काठमाण्डौमा उपचारकै क्रममा मृत्यु भएको देखियो र वडा नं।८ कीे बबिता पासवान जन्मजात सुस्त मनस्थितिको रहेको र विगत केही वर्ष देखि मानसिक अवस्था झनै बिग्रेको कारण उनको उपचारकै ुकममा मृत्यु भएको नगर प्रमुखले जारी विज्ञप्तिमा भनिएको छ ।
साथै कञ्चनरूप नगरपालिका बडा नं।०८ को ५५ वर्षीय छर्पु सदा नियमित औषधि सेवन गरिरहेको र उनको अवस्था राम्रो रहेको र उनको छोरा सन्तोष सदाको यसै नगरपालिकामा जागिर रही कामकाज गरिरहेको केही पनि नभएको भन्न मिलेन र आर्थिक अवस्था राम्रै रहेको हुँदा पनि विभिन्न पत्र पत्रिकामा आएको समाचारमा पूर्ण सत्यता नरहेको तथा समाचार प्रकाशित गर्नु भन्दा पहिले कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखा,नगर प्रमुख,उप प्रमुख सम्बन्धित वडाको बडा अध्यक्ष र् प्रमुख प्रशासकिय अधिकृत संग कुनै समन्वय नगरी एक पक्षिय रुपमा समाचार सम्प्रेषण भई नगरपालिकाको गरिमा माथि राष्ट्रिय स्तरमा नै प्रशन चिन्ह खडा गरिएको प्रति खेद प्रकट गर्दै तथ्यमा आधारित रहि दुबै पक्ष बीच समन्वय गरेर समाचार सम्प्रेषण गरी पत्रकारिताको आचार् सँहिता पालन गर्नु गराउनु हुन सम्पुर्ण पत्रकार तथा बुद्दिजिविहरु लाई ध्यानाकर्षणको गराउँदै नगरपालिका परिवार अनुरोध गर्दछ, साथै कञ्चनरूप नगरपालिकाले नगरभरिको विपन्न दलिँत जनताको स्वास्थ्य अवस्थालाई मध्य नेजर गर्दै स्वास्थ्को लागी केही योजना अघि सारेका समेत विज्ञप्तिमा उल्लेख छ ।
क्ञ्चनरूपका सबै वडाहरुमा रहेका दलित बस्तिमा नगर प्रमुख संगको घरदैलो निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने निर्णय भई कार्य संचालन प्रकृयामा रहेको उल्लेख छ भने प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरलाई अस्पतालको रुपमा कार्यान्वन गरेको र गरिव ,बिपन्न तथा दलित परिवारको बिरामिहरुलाई निःशुल्क उपचार कोष खडा गर्ने निर्णय भई सकेको विज्ञप्तिमा जनाइएको छ ।
साथै नगरपालिका अन्तर्गतको मधुमेह र उच्च रक्तचापको बिरामिलाई निःशुल्क मेटफोरमिन र एम्लोडिपिन चक्किको ब्यवस्था मिलाईएको उल्लखे छ ।
घगर्भ र गर्भ संग सम्बन्धित जटिलताको वयबस्थापन गर्न र सर्पदशको बिरामिहरुको लागि निःशुल्क उपचार तथा बाहिर प्रेषण गर्नुपर्दा निःशुल्क एम्बुलेन्स सेवाको ब्यबस्था मिलाईएको भनिएको छ । त्यस्तै महिनावारी सवच्छताको लागि महिलाहरुको लागी स्यानिटरी प्याड उधोग संचालन गरी निःशुल्क स्यानिटरी प्याड बितरणको व्यबस्था मिलाउने निर्णय तथा वजेट विनियोजन भई सकेको जनाएका छन भने हेलो सिस्टर कार्यक्रमसगर्भवति महिला संग मेयर कार्यक्रम, पूर्ण सुरक्षित मातृत्व कार्यक्रम, पोषण मैत्रि नगरपालिका,पोषण पुनर्स्थापन गृह आदी संचालन जस्ता प्रभावकारी ुकामकाजको थालनी भई सकेको प्रेष बिज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौ भनि उल्ेख गरीकाएको छ ।












