Logo

तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको लागि  बजेट छुट्याउनु पर्ने माग

                     
Logo १५ पुष २०७९, शुक्रबार ०९:१६    

अम्बिका दहाल । राजविराज

जिल्ला स्वास्थ्य  कार्यालय सप्तरीका प्रमुख दुनियाँ लाल यादवले  तेस्रो लिङ्गी तथा समलिङ्गीहरुको लागि  सरकारबाट पनि हरेक क्षेत्रमा बजेट छुट्याउनुपर्ने बताएका छन ।

सरोकारवालाहरूसँग समन्वय ,वैठक ( AO, ART,ENTER ) अन्य सेवा प्रदायकहरू , नेट्वोर्कहरु र स्थानीय निकायहरू  सहयोगी  समाज सप्तरी शाखा  राजबिराजको आयोजनामा  आयोजित कार्यक्रममा कार्यालयका प्रमुख यादवले यस्तो बताएका हुन ।

प्रत्येक ३ तीन महिनामा गरिने छलफल प्रमुख अथितीको आसनबाट बोल्दै यादवले तेस्रो लिङ्गी तथा समलिङ्गीहरू ले घरमा बसेर होइन हरेक क्षेत्रमा अघि बढ्नुपर्ने र आफूहरूको कुरा सम्बन्धित निकायले नसुने आफूले पहल गर्न सधैँ तयार रहेको बताए ।

त्यसैगरी पत्रकार महासंघ सप्तरी शाखाकी उपाध्यक्ष अम्बिका दहालले समलिङ्गी तथा तेस्रोलिङ्गीहरूले जिविकोपार्जनका लागि विभिन्न सीप , तालिमहरू सिक्नुपर्ने र त्यसका लागी, सबै नगरपालिका र गाउँपालिकाबाट बजेट छुट्टयाइनुपर्ने र कार्यक्रम बजारमुखी नभई गाउँमुखी हुनुपर्ने बताउँदै आफूले महिला ,बालबालिका , दलित , मधेसी , मुस्लिम , आदिवासी ,तेस्रो लिङ्ग र समलिङ्गी सबैको लागि कलम चलाउँदै आएको र यो संस्थाको लागि पनि सधैँ आफ्नो तर्फबाट सहयोग रहने बताइन ।

कार्यक्रम संयोजन प्रदीप लामिछानेले कार्यक्रम प्रस्तुत गर्दै  आगामी दिनका लागि बिभिन्न मागहरू रहेको उल्लेख गरे । हरेक वर्ष मनाइने विश्व एड्स दिवस तथा कण्डम दिवसलाई हरेक स्थानीय सरकारले प्राथमिकता दिइनुपर्ने । संशोधित निकायले पौष्टिक आहारको ब्यवस्था गरिनुपर्ने ,प्रत्येक स्थानीय तहले स्वास्थ्य संस्थाको निरन्तर अनुगमन गरिनुपर्ने लगायतका कुरा थिए भने अरु गैरसरकारी संस्थासँग सहकार्य गरि काम गर्दा भित्र लुकेर बसेका एच।आई।भी। सङ्क्रमित तथा एड्सका बिमारहरू पत्ता लागेको , लैङ्गिक तथा अल्पसंख्यक ९८ जना लाई  सेभ द चिल्ड्रेनको सहयोगमा खाद्यान्न सहयोग गरेको , सङ्क्रमितहरूले नियमित औषधि खान छोडेकालाई फेरि निरन्तरता दिएको  जस्ता काम भएको बताए । कार्यक्रममा स्पर्श नेपालका कार्यक्रम अधिकृत ललन कुमार झा ,काउन्सिलर सुनीता यादव (,OCMC) फोकल पर्सन मनिषा सिम्खडा , महिला तथा बालबालिका अधिकृत अनिता चौधरी , एकल महिला नगर उपाध्यक्ष गीता पाण्डे लगायतको उपस्थिति थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?