Logo

रूपनीमा ट्रिपरको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि तनावग्रस्त ,राउन्ड ह्वाइ,अश्रुग्यास प्रहार 

                     
Logo ५ पुष २०७९, मंगलवार १४:३६    

अम्विका दहाल,राजविराज । सप्तरीको रुपनीमा ट्रिपरको ठक्करले स्कुले १२ वर्षीया रिता कुमारी यादवलाई ना १ ख ८५४२ नम्बरको ट्रिपरले ठक्करबाट मृत्यु भएपछि उनका आफन्त र स्थानीयले राजमार्गमा अवरुद्ध पारेका हुन् ।

सप्तरीको रुपनीमा ट्रिपरको ठक्करले स्कुले बालिकाको मृत्यु भएपछि रुपनीको प्रहरी कार्यालय तोडफोड र प्रहरी द्वारा सर्ट गन बाट १३ राउन्ड र ग्यास गनबाट ८ राउन्ड ह्वाइ फायर पछि स्थिति तनावग्रस्त बनेको छ भने राजमार्गमा यातायात ठप्प भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत गाउँपालिका –१ विधुत कार्यालय छेउमा रुपनी राजबिराज सडक खण्डमा टिपरले सोही वडाका शंकर यादवकी १२ वर्षीया छोरी रीता यादव साइकलमा स्कुल जाने क्रममा राजबिराजबाट रुपनी तर्फ  गइरहेको ट्रिपरले ठक्कर दिदा निज रीताको घटनास्थलमै मृत्यु भएपछि उनका आफन्त र स्थानीयले आक्रोशित छन् ।

हाल बाटो अवरुद्ध शव घटना स्थमै राखी विरोध गरेको इ प्र का रुपनीको कार्यालयमा मृतकका आफन्तहरूले झ्यालको सिसा तोडफोड गरेको र घटना स्थान नियन्त्रणमा लिनको लागि अश्रुग्यास र  हवाइ फायर गरेको छ भने अवस्था नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंह नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?