Logo

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा तोडफोडको विरोधमा कञ्चनरूपका स्वास्थ्यकर्मीको धर्ना (तस्बिरसहित)

                     
Logo २ फाल्गुन २०७९, मंगलवार १८:१२    

योगेन्द्र कुमार रौनियार कञ्चनरूप ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा तोडफोडको विरोधमा स्वास्थ्यकर्मीहरूले कञ्चनरूप स्वास्थ्य शाखा प्राङ्गणमा धर्नामा उर्तीएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा तोडफोड माघ २२ गते तोडफोडका विरोध गर्दै दोषीलाई कार्यवाही लगायतका अन्य माग राख्दै  स्वास्थ्य शाखा परिसरमा धर्ना बसेका हुन् । घटनामा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरूले माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

माघ २७ गतेका दिन ४ (चार) बुँदे माग सहित स्वास्थ्य शाखा प्रमुखलाई दिइएको ज्ञापन पत्र बमोजिम हाल सम्म कुनै पनि माग सम्बोधन नभएकोले हामी प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा कार्यरत तमाम स्वास्थ्यकर्मी तथा नगरपालिका अन्तर्गतको स्वास्थ्यकर्मीहरू अत्यन्त भएको उल्लेख गरेका छन ।

उक्त विषयमा आज फाल्गुण २ गतेका दिन प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको आकस्मिक शाखा प्रमुख श्री श्याम सुन्दर प्रसाद साह को  अध्यक्षतामा नगरपालिका अन्तर्गतका  स्वास्थ्यकर्मीहरूको उपस्थितिमा धर्ना कार्यक्रमलाई निरन्तरता दिई देहायका सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेको उल्लेख  छ ।


लोकप्रिय छुटाउनुभयो कि ?