Logo

छुट्टा छुट्टै घटनामा सप्तरीमा दुई जनाको मृत्यु 

                     
Logo ५ फाल्गुन २०७९, शुक्रबार १८:४४    

कञ्चनरूप । सप्तरीमा छुट्टा छुट्टै घटनामा एक पुरुष र एक महिलाको जनाको मृत्यु भएको छ ।

सप्तरीको महदेवा १ चिमटी स्थित हुलाकी सडक खण्डमा बिजुलीको पोलमा ठोकिदा मोटर साइकल  चालक राजबिराज ११ फर्सेटका प्रदिप कुमार यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादव को २८ प ६५८६ नं..को मोटर साइकलमा डिमनबाट राजबिराज तर्फ आँउदै गर्दा अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर शक्त घाईते भएका  यादव उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पतालका डाक्टरले चेकजाँच गर्दा मृत्यु भई सकेकोको प्रहरीले जनाएको छ ।

पोष्ट मार्टम पश्चात यादव को शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

युै गरी जिल्लाको तिलाठी कोईलाडी गा.पा. वडा नं.तेलियारी  टोल बस्ने राजकुमार साहको श्रीमती ४० वर्षकी राजु देवी साहले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घरमा कोही नभएको अवस्थामा घर बाहिर घरमा टासिएको शौचालय भित्र पसी आफ्नो जिउमा आगो लगाई शौचालय भित्रै जलि उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनले आफ्नै शरीरमा आगो लगाईन सोको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पोष्ट मार्टम पछि शव आफन्तलाई जिम्मा लगाउने प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?