Logo

 शंकर माविमा एसइई दिने विद्यार्थीहरूको बिदाई ,१ सय १८ जना परीक्षामा सहभागि हुँदै

                     
Logo ५ चैत्र २०७९, आईतवार १८:५१    

कञ्चनरूप। सप्तरीको कञ्चनरूप १२ रूपनगरमा रहेको शंकर माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी आफ्नो विद्यालयबाट एसइई परीक्षा दिने विद्यार्थीहरूलाई बिदाई गरेको छ ।

कार्यक्रममा विद्यार्थीहरूलाई अबिर र खादा लगाएर बिदाई गरिएको थियो । बिदाई कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरूलाई प्रगतिको शुभकामना दिएका छन ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यपक गङ्गा प्रसाद साहले सफलताको लागी मेहेनत नै प्रमुख तत्व रहेको भन्दै उत्कृष्ट नतिजाको लागी अध्ययनशीलता साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षक प्रमोद कटुवालले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै मेहेनतका साथ अध्ययनमा लाग्न आग्रह गर्नुभयो । साथै शिक्षक ज्याउल हकले विद्यार्थीलाई लगनशील, मेहनत र अनुशासित ढङ्गले परीक्षा दिन आग्रह गर्दै उज्जल भविष्यको कामना गर्दे एसइई परीक्षाको पाटो परिवर्तन हुने हुँदा ध्यानपूर्वक अध्ययन गर्न आग्रह गर्नुभयो ।

एसइई परीक्षाको तयारीका बारेमा विद्यार्थीहरूले मन्तव्य दिएका थिए । भने कार्यक्रममा एसइईमा सम्मिलित विद्यार्थीलाई अबिर लगाई शुभकामना प्रदान गरिएको थियो ।

यस वर्ष शंकर माध्यमिक विद्यालयबाट एसइई परीक्षामा छात्रछात्रा गरि   १ सय १८ जना सहभागि  हुँदै छन ।


लोकप्रिय छुटाउनुभयो कि ?