Logo

प्रहरीले तिन पुस्ते नहेरी पक्राउ गर्दा पटक पटक निर्दोष प्रहरीको फन्दामा

                     
Logo ७ चैत्र २०७९, मंगलवार ११:५७    

कञ्चनरूप । एकै वडामा बस्ने दुई व्यक्ति तर नाम भने एउटै हुँदा एकले अपराध गर्दा अर्को दोषी सावित हुन्छ । सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ (साविकको पिप्रा पूर्व गाविस ९) बस्ने रामफल मुखियाले यस्तै भोगी रहेका छन ।

उनकै नाम गरेका अर्थात रामफल मुखियाले १३ कात्तिक, २०४२ मा डाँका गरेको तथा थुनाबाट कैदी बन्दी भगाएको आरोप छ तर पटक पटक  नाम र ठेगाना मिलेकै भरमा  ५६ बर्षिया रामफल मुखिया पटकपटक प्रहरीको फन्दामा पर्ने गर्छन् ।

मुखिया ४ चैतको दिउँसो बजारमा किनमेल गरी साइकलमा आफ्नो घरतर्फ जाने क्रममा उनलाई प्रहरीको एक टोलीले कञ्चनपुर बजारमा नाम सोध्छ गरे रामफल मुखिया नाम बताउने वित्तिकै प्रहरीले ‘तपाईं माथि पुरानो मुद्दा छ’ भन्दै प्रहरी कार्यालय जान भन्यो । उनले ‘अहिले जान सक्दिनँ’ भने । तैपनि प्रहरीले बलजफ्ती गाडीमा बसाइहाले ।

प्रहरीले तत्कालै उनलाई इलाका प्रहरी कार्यालय, कञ्चनपुर हुँदै मुखियालाई प्रहरीले आइतबार जिल्ला अदालतमा पेश गर्यो । उनलाई लगे पछि परिवारजनबाट कञ्चनरूपका नगर प्रमुख  ललन प्रसाद गुप्ताले गराए । घटना थाहा पाए छि नगर प्रमुख गुप्ताले ‘मुखियालाई यसअघि पनि प्रहरीले बिना कारण पक्राउ गरी ५ महिनाभन्दा बढी समय थुनामा राखी पछि उनी आफैं निर्दोष सावित भएको पुरानो घट्ना सम्झिए ।’

गुप्ता पनि सदरमुकाम राजविराज पुगी कानुन व्यवसायी मार्फत जिल्ला सरकारी वकिलको कार्यालयबाट मुखियाको पुरानो फायल झिक्न लगाएर अदालतमा पेश गराए । पेश गरे लगत्तै उनलाई छाड्न अदालतले आदेश दियो । अदालतले छाड्ने आदेश दिइरहे सम्म उनको हातमा हतकडी लगाइएकै थियो ।

यस अघि मुखियालाई ४ जेठ २०७३ मा जिल्ला अदालतबाट खटेको डोर कर्मचारीले प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । आरोपमा अदालतले मुखियालाई ६१ वर्ष ४ महिना १९ दिन कैद सजाय हुने फैसला सुनाएको थियो ।

घट्नाका आरोपी रामफलका बुबाको नाम कलमा मुखिया मलाहा थियो भने यी निर्दोष रामफलको बुबाको नाम फिरङ्गी मलाहा । ‘उनलाई शुरुमै पक्राउ गर्दा न त प्रहरीले उनको वास्तविक परिचय खोजे, नत अदालतकै कर्मचारीले’ अधिवक्ता श्याम पोखरेल भन्छन्, ‘तत्कालै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपनि फायल र मिसिल ल्याउन ढिलो गरिँदा उनलाई ५ महिना २० दिन कारागारमा बस्नुपरेको दुःखद अवस्था आएको थियो ।

घट्ना भएकै मितिदेखि वास्तविक अभियुक्त रामफल भने फरार छन् । यद्यपी फरार अभियुक्तको खोजी र पक्राउ गर्ने क्रममा नाम र ठेगाना मिलेकै भरमा अर्का निर्दोष व्यक्तिलाई जेल बस्नुपर्ने अवस्था दुःखद भएको मेयर गुप्ताले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?