कञ्चनरूप । सप्तरीको कञ्चनरूपमा श्रीमानको हत्या गरेको आरोप श्रीमती सहित ३ जना ६ महिना पछि पक्राउ गरे प्रहरीले सार्वजनिक गरेको छ ।


इलाका प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै प्रहरीले कञ्चनरूप नगरपालिका ३ दास टोल निवासी मृतककी श्रीमती कोसीला देवी दासले आफ्नी देउरानी र भाउजू नाता पर्ने एक अर्की महिलाको सहयोगमा ३७ वर्षीय पति शिव शंकर दासको करेन्ट लगाएर हत्या गरेको आरोपमा पक्राउ गरे प्रहरीले सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीपक कुमार रायका अनुसार गत कात्तिक ६ गते बिहान ६ बजेको समयमा आफ्नै घरभित्र करेन्ट लगाएर शिव शंकरको हत्या गरेको दासले प्रहरी समक्ष बयान दिएको जानकारी दिए । प्रहरीले हत्यामा संलग्न शिव शङ्करकी श्रीमती कोसीला देवी, भाइ बुहारी हिरण देवी र भाउजू नाता पर्ने शान्ति देवी दासलाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

डीएसपी रायका अनुसार कोसीलाले शिव शंकरको मृत्युपछि सिटिजन लाइफ इन्स्योरेन्समा बिमा बापतको ४० लाख ३० हजार रकम समेत भुक्तानी लिइसकेका छन् । र, नेपाल लाइफ इन्स्योरेन्समा गरेको बीमाको रकम समेत लिने अन्तिम तयारीमा रहेकी रहिछन् । प्रहरीले जिल्ला अदालत सप्तरीबाट कर्तव्य ज्यान मुद्दामा तीनै जनालाई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै अनुसन्धानपछि थप विवरण खुल्ने बताए ।
घटना यस्तो
मृतक शिव शंकर र उनकी श्रीमती कोसीला देवीले छोरीको विवाह गर्न र बिमा गर्नका लागि स्थानीय भाउजू नाता पर्ने शान्ति देवी दाससँग पहिलो पटक एक लाख रुपैयाँ ऋण लिए पुगे । उक्त ऋण चुक्ता नहुँदै शान्ति देवीको सल्लाह अनुसार कोसीलाले पति शिव शंकरको जीवन बिमा गरिन । बिमाको रकम २ लाख प्रिमियम शुल्क समेत ऋणको रुपमा शान्तिले कोसीलालाई दिइन र नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०÷२० लाखको बिमा गर्न गराइन शान्ति देवीले ।
विवाह र बिमा लागेको रकम तिर्नका लागी शान्तिले श्रीमान श्रीमती दुवैलाई दैनिक जसो टर्च गर्न थानिन र धाक धम्की र गाली गलौज गर्दै डर त्रास दिन थालिन ।
शान्तिले कपाली कागजको आधारमा अदालतमा जग्गा जमिन समेत रोक्का गराएकी हुनाले शिव शंकर र कोसीला ऋण तिर्ने असमर्थता देखाएका थिए । यति गर्दा पनि शान्ती देवीले शिव शंकर र कोसीलाबाट आफ्नो रकम उठ्ने छाटकाट नदेखे पछि योजनाको तानाबाना बुन्दै कोसीला फकाई र शिव शङ्करकी हत्या गर्ने योजना बनाई ।
शिव शङ्करकी मृत्यु पछि ठुलै रकम आउने सो रकमबाट ऋण पनि चुक्ता हुने र अरु रकमसमेत आउने
आसमा शिव शंकरको हत्या गरे । शान्तिको योजना अनुसार २०७९ साल कात्तिक ५ गते शिव शंकरलाई आफ्नो घरमा बोलाई अत्यधिक मादक पदार्थ सेवन गरी घरतर्फ पठाइन । मादक पदार्थले मातेर घर गएका शिव शंकर भान्सा कोठामा गएर सुते । सुतेका बेला शान्ति देवीले आफ्ना पति शिव शंकरको बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाइन । करेन्ट लगाउन देउरानी हिरण देवी दासले सहयोग लिईन । करेन्ट लागेका कारण नै शिव शंकर मृत्यु भायो । शिव शंकरको हत्या गरेपछि कोसीला देवीले आफ्नो पतिलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीमा खबर गरिन ।
सामान्य जाचँ बुझ पश्चात देखाई शिव शंकर सव आफन्तलाई जिम्मा लगायो तर प्रहरी चुपलागेर बसेन । प्रहरीले अनुसन्धान जारीनै राख्यो । प्रहरीले अनुसन्धानकै क्रममा शङ्काको आधारमा तीनै जनालाई नियन्त्रणमा लियो । पाँच महिनाको अनुसन्धानपछि शिव शंकरको करेन्ट लागेर नभई करेन्ट लगाएर मारिएको हो भन्ने खुलेको प्रहरी नायब उपरीक्षक रायले बताए ।













