कञ्चनरूप । कञ्चनरूप मेयर कप तर्फ फुटबलको उपाधि वडा नम्बर –४ ले र क्रिकेट उपाधि वडा नम्बर –३ ले हात पारेको छ ।


जिल्लाको कञ्चनरूप नगरपालिकाद्वारा सञ्चालित दोश्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर –४ ले हात पारेको छ भने वडा नम्बर –३ ले उपाधि हात पार्न सफल भएको हो ।
नगरपालिकाकै वडा नम्बर –३ स्थित बरमझियाको मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा वडा नम्बर –३ लाई पेनाल्टी मार्फत पराजित गर्दै वडा नम्बर –४ ले उपाधि हात पार्न सफल भएको हो ।

फुटबल प्रतियोगिता वडा नम्बर –३ र वडा नम्बर –४ बिच रोमान्चक खेल प्रर्दशन गरेका थिए भने दुवै टिमको तर्फबाट निर्धारित समयमा गोल गर्न नसके ट्राइबेकर खेलको माध्यमबाट विजेता घोषणा गरिएको थियो । वडा नम्बर –४ गोलकिपर शशिकान्त चौधरीलाई म्यान अफ द सिरिजको पुरस्कार प्रदान गरिनु को साथै उपविजेता वडा नम्बर –३ गोलकिपर अमरजित चौधरीले वेस्ट गोलकिपरको पुरस्कार प्राप्त गरिएको थियो ।
पालिकाकै वडा नम्बर –९ स्थित खैरवनाको मैदानमा भएको क्रिकेट वडा नम्बर –१ लाई ४ बिकेटले पराजित गर्दै वडा नम्बर –३ ले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।
फाइनल खेलमा विजेता वडा नम्बर –३ का खेलाडी वेस्ट बलर सहितको बसन्त चौधरी म्यान अफ द म्याचका घोषित भए । खेलको वेस्ट ब्याड्स म्यान उमेश चौधरी घोषित भएका छ्न ।
दुवै खेलको फाइनल खेलको समापन कार्यक्रममा नगरप्रमुख ललन प्रसद गुप्ताले खेलाडीहरूले उत्कृष्ट खेल प्रर्दशन गरेको बताए । साथै आगामी दिनमा पनि गरिने बताए । खेलाडीहरूलाई हौसला प्रदान गर्न आफूले सकेको सहयोग गर्ने बाचा गरे ।
प्रथम मेयर कपका विजेता उपविजेता टिमलाई चेक सहित कपस हितको पुरस्कार प्रदान नगरप्रमुख ललन प्रसाद गुप्ता प्रमुख प्रशासकीय अधिकृत रेणुका साहले कप, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
[caption id="attachment_13472" align="aligncenter" width="1024"]
Exif_JPEG_420[/caption]
फुटबल खेलको विजेता वडा नम्बर ४ लाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता वडा नम्बर ३ लाई नगद ३० हजार सहित, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै क्रिकेट तर्फका विजेता वडा नम्बर ३ लाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता टिम वडा नम्बर १ ले नगद ३० हजार सहित, कप, मेडल र प्रमाणपत्र प्राप्त गएिको थियो ।
मेयर कप चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो ।












