Logo

कञ्चनरूपको मेयर कप उद्घाटन खेल नगरपालिका कर्मचारीको पोल्टामा

                     
Logo ७ चैत्र २०७९, मंगलवार २१:५९    

 कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिकाद्वारा सञ्चालित मेयर कप खेलकुद प्रतियोगिता उद्घाटन खेलमा नगरपालिका कर्मचारीको टिम विजयी भएको छ । उद्घाटन फुटबल खेलमा नगरपालिका कर्मचारीको टिमले जन प्रतिनिधिलाई तीन गोलले पराजित गदै खेल जितेको हो ।

कञ्चनरूप  स्थित बरमझियाको खेल मैदानमा आयोजित खेलकुद प्रतियोगिता मंगलबार नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा फुटबल ,क्रिकेट, ब्याडमिन्टन, क्रमबोर्ड लगायतको खेल सञ्चालन हुने छ । फुटबल खेल बरमझियाको खेल मैदानमा हुने छ भने क्रिकेटको खेल वडा नम्बर ९ स्थित खैरवनाको मैदानमा छ। 


लोकप्रिय छुटाउनुभयो कि ?