Logo

अबको पाँच वर्ष संसद् विघटन हुँदैन तर प्रधानमन्त्री तीनजना बन्ने सहमति : विमलेन्द्र निधि

                     
Logo ७ चैत्र २०७९, मंगलवार २१:३४    

कञ्चनरूप । कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनताको जनादेश कै आधारमा अबको पाँच वर्ष संसद् विघटन हुँदैन तर प्रधानमन्त्री तीनजना बन्ने सहमति रहेको बताएको छन् ।

आज सप्तरीको कञ्चनरूप नगरपालिकामा मेयर कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै नेता निधिले यो संसद् पाँच वर्षसम्म रहने भन्दै नँले केन्द्रमा सरकार पूर्णता पाएसँगै सातवटै प्रदेशमा गठबन्धनको सरकार निर्माण  हुने बताएका छन् । नेता निधिले आलोपालो तीनजना प्रधानमन्त्री हुने सहमति अनुसार गठबन्धन अगाडि बढ्ने स्पष्ट पारे ।

कञ्चनरूप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजना कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दिनेश यादव , पूर्व सांसद डा. सूर्य नारायण यादव, प्रदेशसभा सदस्य सकिल मियाँ, पूर्व प्रदेशसभा सदस्य सत्यनारायण मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समवन्य समिति सप्तरीका प्रमुख शिव नारायण साह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र कुमार माझी,तिरुहुत गाउपालिकाका अध्यक्ष विजय प्रसाद यादव, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी, तिरहुत गाउँपालिकाकी उपाध्यक्ष बिणा यादब लगायतकाले उपूिथती रहेका छन । कार्यक्रममा सञ्चालन स्वास्थ्य शाखा उप प्रमुख डम्बर गुप्ताले गरेका थिए । 


लोकप्रिय छुटाउनुभयो कि ?