Logo

जोखिम नलिए सम्म कोही पनि अगाडि बढ्न नसक्ने डा. सिके राउत

                     
Logo १६ चैत्र २०७९, बिहीबार २०:५२    

राजबिराज । प्रतिनिधि सभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जोखिम नलिए सम्म कोही पनि अगाडि बढ्न नसक्ने बताएका छन् ।

सप्तरीको भारदह स्थित रामनवमीको अवसरमा राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

अध्यक्ष राउतले आज भोलि सबै आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर मात्र बनाउन खोज्ने गरेकोले प्रवृत्तिबाट समाजको विकास हुन नसक्ने बताए ।

राजधोव जाती अझै शिक्षाा पछाडि रहेकाले शिक्षामा बढी ध्यान दिन जरुरी रहेको अध्यक्ष राउतले बताए ।

हाम्रो जातीय समाजको विकास तब मात्र सम्भव हुनसक्छ जव आ–आफ्नो परिवारमा जो बच्चा जे बन्न , पढ्न चाहन्छ अभिभावक ले त्यसमै हौसला प्दान गर्नेछ, उनले भने,इतिहासको महत्व छ , तर इतिहास मात्र सबै होइन , इतिहास, विगत देखाएर मात्र हुदैन, आजको समयमा हामी कति गर्न सक्छौँ त्यो महत्वपूर्ण हुनजान्छ ।

उक्त अवसरमा डा. राउतले रिबन काटेर लखाय बाबाको मन्दिरको शुभारम्भ समेत गरेका हुन् ।

समारोहमा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधोग महासंघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखो माझी, जातीय मैनजन रघुराज मण्डल, मन्दिर निर्माण समिति अध्यक्ष कपलेश्वर माझी, भारदहका थानपति सहदेव मरर, नेपाल पत्रकार महासंघ सप्तरी पूर्व अध्यक्ष जितेन्द्र खड्गा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

लखाय बाबा मन्दिर उद्घाटन कार्यक्रममा नेपाल र भारतबाट राजधोव स्वजातीय सङ्गठनहरूका मैनजन, थानपति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको आयोजक समितिका राजकुमार गाईमले जानकारी दिए ।

वर्षौँको प्रतीक्षापछि भारदह स्थित कङ्कालिनी मन्दिर छेउमा लखाय बाबाको मन्दिर राजधोव समुदायका ब्यक्तिहरूको आर्थिक सहयोगमा निर्माण गरेर मूर्ति स्थापना गरेको छ ।

यसअघि आजै बिहान स्वजातीय महिलाहरूले कोसी ब्यारेजबाट कलश भरेर मन्दिरसम्मको पदयात्रा गरेकी थिइन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?