Logo

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कञ्चनरूपमा वृक्षारोपण ( फोटो फिचर )

                     
Logo २० चैत्र २०७९, सोमबार २१:२१    

कञ्चनरूप । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार विविध कार्यक्रम गरे मनाइएको छ ।

सप्तरीको कञ्चनरूपमा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सर्वोदय माध्यमिक विद्यालय हाता भीत्र  १०० यस बिरुवा रोपिएको छ । नगर भरिका सहकारी अभियन्ताहरू सहभागि रहेको कार्यक्रमका नगर प्रमुख ललन प्रसाद गुप्ताले  विद्यालयको कम्पाउण्डमा वृक्षारोपण गरि सुरुवात गरेका थिए ।

कञ्चनपुर वेरियरबाट सुरुभएको र्याली सर्वोदय माविमा वृक्षारोपण गरि नगर पालिकाको कार्यलयमा पुगी कोण सभामा परिणत भएको थियो । कञ्चनरूप नगर भरिका ६२ सहकारी संस्थाले सशक्तरूपमा सो कार्यक्रमका सहभागिता जनाएका थिए ।

यसै गरी जिल्लाका विभिन्न पालिकाहरूमा ¥याली, झाँकी प्रदर्शन , अन्तरक्रिया  तथा वृक्षारोपण गरि ६६ औं राष्ट्रिय सहकारी दिवस मनाएको छ ,

जिल्ला सहकारी संघ सप्तरीले राजविराजमा ¥याली, झाँकी प्रदर्शन तथा अन्तरक्रिया गरि मनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?