कञ्चनरूप । दुई लाख १२ हजार भारतीय नोटसहित नेपालतर्फ पैदलै आँउदै गरेको भारतीय नागरिकलाई नियन्त्रणमा आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।


जिल्ला तिलाठी कोइलाडी गाउपालिका वडा नं. १ स्थित खाडो खोला स्थित सडकमा सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य अन्तरगत मधेपुरा जिल्ला ग्रामपञ्चायत रायभिर वडा नं. १५ थाना बसन्तपुर घर भएका ४१ वर्षका विद्यानन्द कुमार विमललाई २ लाख १२ हजार भारतीय नोटसहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विद्यानन्द पैदल भारतबाट नेपालतर्फ आँउदै गरेको आस्थामा चेकजाँच गर्ने क्रममा उनका साथबाट २ हजारको ४ थान, ५ सयको ३ सय ८८ थान र २ सयको ५० थान गरी जम्मा २ लाख १२ हजार भारतीय नोट बरामद भएको प्रहरीले जनाएको छ ।













