९ बैशाख , कञ्चनरुप । देशभरमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना संक्रमित थपिएका छन् भने १ जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।


११४८ वटा स्वाब नमुनाको परीक्षण गर्दा ७८ जनामाा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३६४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३८३ जना रहेको छ ।













