९ बैशाख , कञ्चनरूप । विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।


शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । विराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास छाडेको छ ।
घाइते हुनेमा इटहरी (२ का ३० वर्षीय डेनिज राई, झापा शिवसताक्षीका ४३ वर्षीय राजकुमार शेर्मा, विराटनगर (८ का ४२ वर्षीय चन्द्रकुमार राई , इटहरी की २६ वर्षीय दया कुमारी राई, किरात याक्थङ चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम याक्तेङ र ४५ वर्षीय देवान राई किरात राई यायोख्खाको उपाध्यक्ष रहेका छन् ।

एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु हुनुभएका शहीद लिम्बूको आज अन्येष्टि गरिनु विराटनगरमा शवयात्रा गरिएको हो ।
प्रहरीको निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि सुरक्षाकर्मीले लाठी र अश्रुग्यास हानेका हुन् । अहिले बजार क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।
‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै शहीद घोषणा गरिसकेको छ ।
संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिनादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिबार अन्त्येष्टि गर्न लागिएको हो ।












