Logo

हनुमाननगर मेयर कपको द्घाटन उद्घाटन खेलमा कञ्चनरूप र छिन्नमस्ता बिजयी

                     
Logo १२ बैशाख २०८०, मंगलवार २०:१०    

१२ बैशाख कञ्चनरूप। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा सञ्चालित प्रथम हनुमाननगर कङ्कालिनी प्रथम मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कञ्चनरूप को टिम र  छिन्नमस्ताको टिम बिजयी भएका छन ।

मंगलबार मधवापुर खेलमैदानमा टुर्नामेन्ट को पहिलो खेल हनुमानगर को  रेड टिमलाई पराजित गर्दै कञ्चनरूप ले बिजयी भएको हो ।

हनुमाननगर रेड टिमलाई ६ बिकेटले पराजित गर्दै कञ्चनरूप क्रिकेट टिमले १४ ओभर ४ बलमा ४ बिकेट गुमाएर ६ बिकेट जित हात पारेको हो ।

कञ्चनरूपका अभिषेक गौतम ५२ रन, मदन चौधरी तथा उमेश चौधरीले अविजित खेल्दै १५ रन बनाएपछि जित सहज भएको हो ।

टस जितेर हनुमाननगरले १६ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय ७ रनको पाएका थिए भने सनत खड्गा ३० रन, प्रज्ज्वल झा २७ रन थप्न सफ भएका थिए ।

खेलको म्यान अफ दि प्लेयर अभिषेक गौतम घोषित भएका थिए ।

दोस्रो खेलमा रूपनीको टिमलाई  ९ बिकेटले पराजित गर्दै छिन्नमस्ता गाउपालिका टिमले जित हात पारेको हो । रूपनीको ५८ रनको लक्ष्य लाई छिन्मस्ताले १ बिकेट गुमाएर जित सुनिस्चीत गरेको हो । छिन्नमस्ता दयानन्द अमात्यले २७ रन अविजित र फिर्दोस अन्सारीले २० रन लिएपछि जित हात लागेको हो ।

उक्त खेलमा उत्कृष्ट बलिंग गर्दै रूपनीका ७ वटा खेलाडीलाई आउट गरेका छिन्नमस्ता गाउपालिका टिमका फिर्दोस अन्सारी म्यान अफ द प्लेयर घोषित भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?