१२, बैशाख, कञ्चनरूप । सुरक्षित आप्रवासन (सामी) परियोजनाको आयोजनामा सुरक्षित रोजगारीका लागी स्थानीय जन प्रतिनिधि तथा शाखा प्रमुखसँगको अन्तरक्रिया कार्यक्रम कञ्चनरूप नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।


कार्यक्रम वैदेशिक रोजगारीमा जाँदा निम्तिने समस्या, समाधानका उपाय, समाजमा वैदेशिक रोजगारीले निम्त्याएको सकारात्मक र नकारात्मक पक्षका विषयमा सहभागीहरू बाँझ अन्तरक्रिया भएको बताइएको छ । आप्रवासी नागरिकहरूले भोगिरहेको समस्यालाई समाधान गर्ने जिम्मेवारी सफलता पूर्वक सुरक्षित आप्रवासन ९सामी० सेवा केन्द्र कञ्चनरूपले गरिरहेको बताइयो ।
कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसादको अध्यक्षता सञ्चालित कार्यक्रममा युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख नवराज खड्का नगरका १२ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।














