Logo

नयाँ शिराबाट जनताको कामलाई अगाडि बढाउन कञ्चनरूप नगर प्रमुख गुप्ताको आग्रह

                     
Logo १३ बैशाख २०८०, बुधबार १९:१४    

१३ बैशाख कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले विगतका तिता मिठा बिर्सिएर नयाँ सालको सुरुवात सँगै नयाँ शिराबाट जनताको कामलाई अगाडि बढाउन आग्रह गरेकोका छन ।

कञ्चनरूप —१२ स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पसलाई वार्षिक प्रधिकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

नगर प्रमुख गुप्ताले नगरको शैक्षिक स्तर उकास्न आफू लागी परेको बताउदैन अघिल्लो नगर प्रमुखकै पालमा तयार भएको शैक्षिक कार्य विधिको आधारमा काम गर्दा पनि पुरानै शैक्षिक कार्य विधि तयार गर्नेहरू आज विरोधमा र मुद्दा मामिला गर्न लागेका छन ।

नगर प्रमुख गुप्ताले भने तयार भै सकेको कार्य विधिलाई तल्याएर आफू नयाँ कार्यविधि तयार गर्ने पक्षमा नहरको भन्दै यसो गरेमा जो जो नगर प्रमुख बन्दै जान्छन् उस उसले आफ्नै शैलीमा कार्य विधि तयार गर्ने गलत परिपाटिको विकास हुने भएकाले आफू त्यसको पक्षमा नरहेको उल्लेख गरे ।

नगर प्रमुख गुप्ताले अहिले शैक्षिक क्षेत्र होस वा विकासका कार्यहरू भएका छन वा हुँदै छन सबै नगर सभाबाट तय भएका कार्यक्रमहरू हुन यसमा नगर प्रमुखको या उपप्रमुखको वा वाडा अध्यक्षहरूको हैन र यो कार्यक्रम कसैले आफ्नो घर खेत वेचेर ल्याएको हैन त्यसैले  मेरो तेरो हैन जनताको काम सम्झेर कार्य गर्दा कञ्चनरूपमा विकासका कामहरू देखिनेछन् ।

उक्त कार्यक्रममा कञ्चनरूप नगरपालिकाबाट कम्प्युटर ६ थान ल्यापटप २ थान र प्रिन्टर १ थान नगर प्रमुख गुप्ताबाट क्याम्पस प्रमुख दिगम्बर साहलाई हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रम रूपनगर नन्दराज सङ्ग्रौला क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौला  अध्यक्षता सम्पन्न भएको थियो भने कार्यक्रममा राजनीतिक शास्त्री दीपक गजुरेल , पूर्व प्राधानाध्यापक शम्भु प्रसाद उपाध्याय , कञ्चनरूपका विभिन्न वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू , पत्रकार लगायत क्याम्पसका प्राध्यापकहरूको उपस्थिति रहको थियो ।    


लोकप्रिय छुटाउनुभयो कि ?