Logo

कञ्चनरूपमा विपन्न बर्गलाई निशुल्क विद्युत मिटर वितरण 

                     
Logo १३ बैशाख २०८०, बुधबार २०:३०    

१३ बैशाख कञ्चनरूप ।  कञ्चनरूप नगरपालिकाको पहलमा विपन्न बर्गलाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरद्वारा कञ्चनरूप नगरपालिका वडा नम्बर ११ का १२ बिपन्न बर्गलाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरले एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख ललन प्रसाद गुप्ताबाट  वडा नम्बर ११ का १२ विपन्न बर्गलाई निशुल्क विद्युत मिटर वितरण गरिएको जनाएको छ ।

निशुल्क विद्युत मिटर वितरण कार्यक्रम नगर प्रमुख ललन प्रसाद गुप्ता आतिथ्यमा सम्पन्न भएको थियो भने ए.डि.पि की मिना चौधरी, रूप चौधरी , ११ नम्बरका वडा अध्यक्ष ललित गोजेवार  तथा नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख अरूण कुमार साह लगायत  प्राधिकरणका कर्मचारीको उपस्थिति रहेको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?