Logo

समाजवादी प्रेस संगठनको अधिवेशन जेठ २६ र २७ गते हुने 

                     
Logo १४ बैशाख २०८०, बिहीबार १७:२६    

अम्बिका दहाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको अधिवेशन जेठ २६ २७ मा हुने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले पहिलो अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको महासचिव भूपराज खड्काले बताए ।

सचिवालयले बैठकले २०८० वैशाख मसान्त भित्र सदस्यता अद्यावधिक गरी सक्ने र वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको छ ।

साथै बैठकले अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समिति गठन गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?