१५,बैशाख ,कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकामा सञ्चालित हेल्लो सिस्टर’ कार्यक्रमको वार्षिक समीक्षा को साथै महिला स्वास्थ्य स्वयम् सेविकाहरु लाई सम्मान गएको छ ।


उक्त कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ताले सानो रकम लिएर पनि महिला स्वास्थ्य स्वयम् सेविकाहरूले स्वास्थ्यको क्षेत्रमा ठेलो काम गरेकोमा कञ्चनरूप नगरपालिका सेविकाहरू ऋणी रहेको उल्लेख गरे । नगर प्रमुख गुप्ताले सेविकाहरू स्वास्थ्य क्षेत्रमा खम्बाको रुपमा खडा भएकोले कञ्चनरूप नगरपालिकाको नाम अग्र पङ्क्तिमा आउन सफल भएको भन्दै सेविकाहरूको को जति चर्चा गरे पनि कम हुने बताए । स्वयम् सेविकाहरू मध्ये कञ्चनरूपकी बुधनी खङ्गले देश भरीमा नाम कमाउने भनेको कञ्चनरूप नगरपालिकाको गौरवको विषय रहेको चर्चा गरे ।
कञ्चनरूप नगरपालिकामा स्वास्थ्य राम्रा काम भैरहेको देख्दा देख्दै पनि सेविकाहरूको र स्वास्थ्यकर्मीहरूको मनोबल बढानुउको साटो बाधा व्यवधान खडा गर्दे हिँडेका प्रति नगर प्रमुख गुप्ताले खेद प्रकट गरे । नगर प्रमुख गुप्ताले भने महिला स्वास्थ्य स्वयम् सेविकाहरूको लागी आफू नगर प्रमुखमा निर्वाचित हुनु भन्दा अधि नै घोषण पत्रमा उल्लेख गरेको को कुरा नगर सभाबाट लागू गराउन सके को उल्लेख गर्दे अबका दिनमा पनि अझ थप सेवा सुविधामा वृद्धि गर्ने बताए ।

कोभिडको सङ्क्रमण कालमा स्वयम् सेविकाहरू सक्रियरूपले जुट्नुभएको बताउदैन उत्साहितका साथ सेवा पुर्याइरहेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा नगरपालिकाका सबै वडाहरूका ९० जना स्वास्थ्य स्वयं सेविकाहरू र १२ जना हेल्लो सिस्टर कार्यक्रमका संयोजनहरूलाई मोबाइल र स्वयम् सेविका झोला हस्तान्तरण गरिएको थियो । भने स्वयम् सेविकाहरू घर चिन्हका लागी स्वयम् सेविका लोगो अंकित बोर्ड प्रदान गरिएको थियो ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत रेणुका शाह अध्यक्षतामा भएको थियो भने , प्रशासकीय अधिकृत नव राज खड्का, स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव वाड नं। १का वडा अध्यक्ष रब्बान खान , वडा ५ का वडाअध्यक्ष कैलास कुमार साह, वडा नं। ८ का वडा अध्यक्ष कृष्ण प्रसाद साह लगायत स्वास्थ्य संस्थाका प्रमुख एवम् पत्रकाहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सञ्चालन स्वास्थ्य शाखाका सहायक अधिकृत डम्बर प्रसाद गुप्ताले गरेका थियो ।
कञ्चनरूप नगरपालिकामा हेल्लो सिस्टर’ कार्यक्रम २०७८ साल भदौ १६ गते सञ्चालनमा ल्याएको थियो ।












