१९ बैशाख , कञ्चनरूप । जिल्लाको कञ्चनरूपको बैरवा पोटरी हटिया स्थित मुस्लिम टोलमा मंगलबार बिहानी पख आगलागी हुँदा लाखौको क्षति भएको छ ।


कञ्चनरूप १ मा पर्ने बैरवामा स्थानीय कलिम शेख , हदिसा खातुन, इस्लाम शेख, अशलम शेख, आशिस शेख, मुर्तुन्ज शेख र महादेव पट्टिका भटन शेखको घरमा अचानक आगलागी हुँदा करिब ४४ लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
कलिम शेखको फुसको घर भित्र रहेको Iphone को ल्यापटप थान–१, vivo को मोबाईल ३ वटा, सुन १.५ भर, चाँदी (हसुलि, कडा ) ३५ भर, साइकल थान –२, ठेला थान– १, प्रेसर कुकर –१, राइस कुकर –१, फ्रिज थान–१, पंखा थान– ३, चिरेको काठ, बिधुत मिटर, चामल ६ क्युन्टल, गहुँ १.५ क्युन्टल, हाँस, कुखुरा (६ ओटा), नगद रु. २५,०००।– लत्ता कपडा, फर्निचरको सामान घर समेत गरी करिव १०,००,०००।– दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी त्यहि आगलागीबाट कलिम शेखकी आमा हदिसा खातुनको चामल १ क्युन्टल, गहुँ ५ क्युन्टल, चाँदीको बला २० तोला, नगद रु. १२,०००।–, फर्निचर को सामानहरु र लत्ता कपडा गरी करिव १,५०,०००।– एक लाख पचास हजार बराबरको क्षति भएको प्रहरीले उल्लेख गरेको छ ।
यस्तै इस्लाम शेखको घर भित्र रहेको सुन ४ तोला, चाँदी १६ तोला, चामल –२ क्युन्टल, धान १२ क्युन्टल, गहुँ ८ क्युन्टल, नगद रु. ४,००,०००।– चार लाख, साइकल १ थान गरी करिब १०,००,०००।–दश लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
सोही आगलागीबाट इस्लाम शेखको छोरा अशलम शेख सोही घरमा छुटेर बसेको घर भित्र रहेको ४ क्युन्टल चामल, गहुँ ५ क्युन्टल, सुन १ तोला, चाँदी ८० तोला, फ्रिज १ थान, लुगा धुने मेसिन १ थान, पानी तान्ने मोटर थान–१, लत्ताकपडा, फर्निचरको सामान र घर गरी करिब. रु. ७,००,०००।– बराबरको जलि क्षति भएको भने इस्लाम शेखको छोरा आशिस शेख सोही घरमा छुटै बसेको घर भित्र रहेको चामल ४ क्युन्टल, गहुँ ४ क्युन्टल, चाँदी ८० तोल, सुन २ तोला, साइकल १ थान, फ्रिज १ थान, ट्रंक पेटी सोफा १ सेट, पानी तान्ने मोटर १ थान, पंखा सिलिङ –१ टेबुल पंखा २, मोबाइल ५ थान, बिधुत मिटर, फर्निचरको सामानहरू, नगद रु. १,३५,०००।– र घर गरि अं. रु. १०,००,०००।– दश लाख बराबरको क्षति भएको उल्लेख गरेको छ ।
त्यही आगलागीबाट मुर्तुन्ज शेखको श्रीमती लजिना खातुनको फुसको घर भित्र रहेको Yamaha कम्पनीको मोटर साइकल थान १, साइकल थान–१, बाख्रा २ वटा, हाँस– ४ वटा, कुखुरा २ वटा, फर्निचरको सामान, लत्ता कपडा, भाँडावर्तन गरी अं. रु. ६,००,०००।– छ लाख बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।
यस्तै बिहान कञ्चनरूप १ महादेव पट्टिको भटन शेख घर नजिकै रहेको निजकै परालको टालमा अचानक आगलागी हुँदा निजको अं.रु २०,००० बराबरको पराल जलि क्षति भएको मानवीय चौपाया क्षति नभएको प्रहरीले जनाएको छ भने उक्त आगो स्थानीय बासी , नेपाल प्रहरी र कञ्चनरूपको दमकलको सहायताबाट आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागी भए पछि सप्तरी क्षेत्र नं. १ का संघीय सांसद नबल किशोर साह, कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता, वडा अयक्ष रब्बान खान तथा कञ्चनरूप नरपालिका प्रत्यासी तथा दलित सरोकार मञ्च नेपाल कार्यकारी निर्देशक भोलाकुमार पासवान लगायतले घटनाको निरिक्षण गरेका थिए ।












