Logo

कञ्चनरूपको बैरवाका आगलागी पीडित परिवारलाई राहत वितरण 

                     
Logo १९ बैशाख २०८०, मंगलवार १८:०८    

१९ बैशाख , कञ्चनरूप । कञ्चनरूप नगरपालिका १ बैरवा पोटरी हटिया स्थित मुस्लिम टोलमा भएको आगलागी पीडित परिवारलाई मंगलबार राहत वितरण गरिएको छ ।

कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले आगलागी पीडित परिवारहरूलाई प्रति परिवारका दरले २५ किलो चामल, चिउरा भुजा गहुँको आटा दाल, चिनी, खाने तेल भाँडावर्तन बाल्टिन प्रदान गरको बताईएको छ ।

यसैगरी दलित सरोकार मञ्च नेपालले सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासवान, कञ्चनरूप नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रब्बान खान, कार्यपालिका सदस्यद्वय शोभा पासवान र सुरेश पन्जियार, वडा सदस्य दुर्गानन्द यादब , कलिम शेख र संयुक्त दलित संधर्ष समिति कञ्चनरूप का संयोजक रामदेश शर्मा खत्वेको उपस्थितमा प्रति परिवार २५ किलो चामल, २० किलो गहुँको आटा,१ केजी दाल,१ केजी चिनी,१ लिटर तेल र ४ पिस साबुन र एक एक पिस ब्लाङकेट वितरण गरिएको मञ्चले जनाएको छ ।  

आगलागीमा कलिम शेख , हदिसा खातुन, इस्लाम शेख, अशलम शेख, आशिस शेख, मुर्तुन्ज शेख र महादेव पट्टिका भटन शेखको घरमा अचानक आगलागी हुँदा करिब ४४ लाख ४५ हजार बराबरको क्षति भएको थियो ।

आगलागी भए पछि सप्तरी क्षेत्र नं. १ का संघीय सांसद नबल किशोर साह, कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता, वडा अध्यक्ष रब्बान खान तथा कञ्चनरूप नगरपालिका प्रत्यासी तथा दलित सरोकार मञ्च नेपाल कार्यकारी निर्देशक भोलाकुमार पासवान लगायतले घटनाको निरीक्षण गरेका थिए । 

                                              


लोकप्रिय छुटाउनुभयो कि ?