२१ बैशाख , कञ्चनरूप । सप्तरीको कञ्चनरूप १२ रूपनगरमा रहेको शंकर माध्यमिक विद्यालयले विहीबार एक कार्यक्रमको आयोजना गरी आफ्नो विद्यालयबाट कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई बिदाई गरेको छ ।


कार्यक्रममा विद्यार्थीहरूलाई अबिर र खादा लगाएर बिदाई गरिएको थियो भने विद्यार्थीहरूका तर्फबाट विद्यालयमा सरस्वती मन्दिर निर्माणका लागी ३१ हजार २ दुई ५० रुपैयाँ प्रधानाध्यपकलाई हस्तान्तरण गरेका थिए । साथै बिदाई कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरूलाई प्रगतिको शुभकामना दिएका छन ।

बिदाई समारोहमा प्रमुख तिथिको आसनबाट बोल्दै कञ्चनरूप नगर पालिकाका नगर प्रमुख आफूले चाहे अनुसारको शिक्षामा आमूल परिवर्तन गर्न लागी रहँदा सहयोग नपाएको दुखेसो गरेका छन । प्रमुख गुप्ताले भने म नगर प्रमुख हुन भन्दा पहिले पनि शिक्षा स्वास्थ्यको क्षेत्रमा धरै सहयोग गर्दे आएको मानिस हुन अब नगर प्रमुख भए पछि शिक्षा क्षेत्रमा यो कञ्चनरूपको परिवर्तन गर्ने चाहना हुँदा हुँदै पनि सहयोग र साथ नपाउँदा मनोबल टुटेको बताए । यी साना साना भाइ बहिनीहरूको भविष्यको चिन्ता आफूलाई धरै रहेको बताउदैन शिक्षाको लागी विभिन्न किसिमका योजनाहरू ल्याँउदा सकेत त्यसलाई फेल गराउन लागी पर्नु भनेको शिक्षा प्रति वेवास्ता गर्नु हो भन्ने बताए । मन्दिरका लागी विद्यार्थीबाट आएको सहयोगलाई थप गरी विद्यालयमा मन्दिरको प्रक्रिया अगाडि बढाउने बताए । कार्यक्रममा कञ्चनरूप नगरपालिकाकी नगर उप प्रमुख मुना कुमारी पोखरेले १२ को परीक्षा दिने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुमकामना दिदै आफ्नो अभिभावकको नाम समाजमा स्थापित गराउन विद्यार्थीहरूलाई आग्रह गरिन र विद्यालयमा सरस्वतीको मन्दिर निमार्ण गर्न आफले पहल गर्ने बताई ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यपक गङ्गा प्रसाद साहले सफलताको लागी मेहेनत नै प्रमुख तत्व रहेको भन्दै उत्कृष्ट नतिजाको लागी अध्ययनशीलता साथ अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा शिक्षक घनानन्द साहले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै मेहेनतका साथ अध्ययनमा लाग्न आग्रह गरे । साथै उनले विद्यार्थीलाई लगनशील, मेहनत र अनुशासित ढङ्गले परीक्षा दिन आग्रह गर्दै उज्जल भविष्यको कामना गर्दे १२को परीक्षा पछि शिक्षाको पाटो परिवर्तन हुने हुँदा ध्यानपूर्वक अध्ययन गर्न आग्रह गर्नुभयो ।
१२को परीक्षा खिने विद्यार्थीलाई नगर प्रमुख गुप्ता तथा उपप्रमुख पोखरेल अबिर लगाई शुभकामना प्रदान गरिएको थियो ।
कार्यक्रम कञ्चनरूप नगरपालिकाका प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख नवराज खड्का, शिक्षा संयोजक ललित नारायण यादव , विद्यालय व्यवस्थापन समितका सदस्य, पत्रकार विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।













