Logo

कञ्चन२४कर्मी दाहाल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत 

                     
Logo २४ बैशाख २०८०, आईतवार १५:०९    

२४, बैशाख, कञ्चनरूप । राष्ट्रिय पत्रकारिता दिवस–२०८० को अवसरमा कञ्चन२४कर्मी अम्बिका दाहाल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ पुरस्कृत  भएकी  छन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बरिष्ठ पत्रकार सम्मान २०७९ बाट २ जना र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९बाट  ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रलायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजीत कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहालले पुरस्कृत ७ जना पत्रकारलाई दोसल्ला ओढाई पुरस्कृत गरेका हुन ।

पत्रकारितामा खोज र नवीनता स् लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने बलराम थापा र राजेन्द्र दाहाल वरिष्ठ पत्रकार सम्मान र रामकृष्ण ज्ञवाली , अनिता बिन्धु , लक्ष्मी अर्याल , गणेश लम्साल ,अम्बिका दाहाल र गम्भीरा सहनी लाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्घन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिएको हो ।  समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगायतले सम्बोधन गरेका थिए।

पुरस्कृत हुने वरिष्ठ पत्रकारले रु २ लाख नगद र प्रमाण पत्र, राष्ट्रिय पत्रकारिता पुरस्कार पाउने ६ जनाले जनही  एकरएक लाखका दरले नगद पुरस्कार प्रमाण पत्र पाएका छन् ।

गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो। सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो।

वि.सं. १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।

 


लोकप्रिय छुटाउनुभयो कि ?