Logo

एकै साथ सप्तरीका १८ वटै पालिकासँग  सूचना अभियन्ता एवम् पत्रकार माझीद्वारा सूचना माग 

                     
Logo २५ बैशाख २०८०, सोमबार २०:२४    

कैलाश माझी  । २५, वैशाख सप्तकोसी ।

विगत लामो समय देखि सूचनाको हक कार्यान्वयन, भ्रष्टाचार न्यूनिकरण लगायत सुशासनको क्षेत्रमा कार्यरत रहिरहेका सप्तकोसी नगरपालिका ११ निवासी सूचना अभियन्ता तथा  पत्रकार कैलाश माझीले बैशाख २५ गते सोमबार सप्तरी जिल्लाका १८ वटै स्थानीय तह यथार्थ सप्तरी जिल्लाका सम्पूर्ण पालिकासँग  एकै साथ सूचना माग गरेका छ्न ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ को उपदफा २ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ, भनी कानुनी प्रत्याभूति प्रदान गरेको छ । साथै नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ अनुसार कुनै पनि सार्वजनिक निकायबाट सम्पादन हुने अथवा कुनै पनि सार्वजनिक महत्त्वको काम वा निर्णयसँग सम्बन्धित कुनै पनि लिखित सामग्री वा जानकारीको प्रमाणित प्रतिलिपि लिन सार्वजनिक निकायका सूचना अधिकारी समक्ष निवेदन दिएर सूचनाको प्रतिलिपि पाउने कानुनी प्रावधान उल्लेख रहेको छ ।

सोही कानुनको परिपालन गर्दै माझीले आफ्नो अध्ययन अनुसन्धान तथा सूचना प्रवाह गरि जनतालाई सुसूचित गराउने र भ्रष्टाचार न्यूनिकरण गर्नका लागि सत्यतथ्य प्रमाण जुटाएर आवश्यकता अनुसार मुद्दा मामिला गर्न साथै अन्याय, अत्याचार, विकृत र विसङ्गति, सुशासन, महिला हिंसा विरुद्धको सूचना बेस समाज निर्माण गर्ने लगायतका प्रयोजनका लागी नेपालको संविधान ९२०७२० को भाग ३ धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐैन, २०६४ को दफा ३ र ७ बमोजिम सप्तकोसी नगरपालिका लगायत सप्तरीका सम्पूर्ण पालिकाका सूचना अधिकारीसँग विभिन्न बुदाहरु मा इमेल मार्फत सूचना माग गरेको हो।

माग गरिएको सूचना यस्ता छन 

१। आ। ब। २०७८र०७९ मा यश पालिका तर्फ के कति बजेट अथवा रकम विनियोजित भएको थियो र उक्त विनियोजित भएको रकम कुन कुन शीर्षकमा कहाँ कति रकम खर्च भएको हो सो को विस्तृत जानकारी सहितको विवरण ।

२। आ। ब। २०७९र०८० मा यश नगरपालिकाले सूचना तथा विज्ञापन प्रकाशन गरे बापत कुन कुन मिडिया, पत्रपत्रिका तथा सञ्चार माध्यमलाई के कस्ता विज्ञापन प्रकाशन गरे बापत के कति रकम भुक्तानी दिएको हो। सो को लिखित जानकारी सहित उक्त सञ्चार माध्यमहरूले कुन कुन मितिमा कति दिन सम्म सूचना तथा विज्ञापन प्रकाशन गरेको हो । सो प्रकाशन गरेको सम्पूर्ण दिनको पत्रपत्रिकाको प्रमाणित प्रतिलिपि सहितको विवरण ।

३। यश स्थानीय तहमा रहेका जनप्रतिनिधिहरूले आ आफ्नो सम्पत्ति विवरण बुझाएको छ कि छैन । यदि बुझाएको छैन भने किन र के कति कारणले नबुझाएको हो । यदि बुझाएको हो भने ती बुझाएको सम्पत्ति विवरणको प्रतिलिपि ।

४। २०७९ बैशाख देखि हाल सम्ममा यश पालिकाले इन्धनमा कति खर्च गरेको हो । कुन गाडीमा दैनिक कति लिटरका दरले इन्धन भरेको हो । साथै गाडीको प्रयोग कुन कामका लागी भएको हो । लगबुकको प्रमाणित प्रतिलिपि सहितको विवरण ।

माझीले यश भन्दा अगाडि पनि सप्तकोसी नगरपालिका लगायत सप्तरीका सम्पूर्ण पालिकासँग सूचना माग गरेका थिए तर माग गरिएका सूचनाहरू सूचनाको हक सम्बन्ध ऐनको म्याद भित्र सूचना अधिकारी र कार्यालय प्रमुखले सूचना उपलब्ध नगराए पश्चात्  आफ्नो मौलिक हक हनन गरेको भन्दै अभियन्ता माझीले सप्तरीका सम्पूर्ण पालिकाका सूचना अधिकारी र प्रमुख विरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?