देशका अन्य पालिकाहरूमा पनि यस्तै हो की तपाईंको यो कञ्चनरूपमा मात्रै यस्तो हो । जनताको काम गर्न निर्वाचित भए आउनु भएको पनि एक वर्ष बिती सक्यो । तपाइले एक वर्षमा गरेको प्रशंसा योग्य काम तथा योजनाहरू के हुन ? पालिका भित्र सञ्चालनमा रहेका साना साना बजेटका योजनाहरू जस्तो कि बाटो ग्राभेल नाला, कलभट , मठ मन्दिर जस्ता योजनामा जान तपाई के ले छेक्यो । आफै भन्दै हिड्न हुन्छ । घाम छ पनि पर्छ एक दुई ओटा योजनामा जादा दुख हुन्छ । दुई छाक खानका लागी ज्याला मजदुरी गर्नेहरूको भुक्तानीमा तपाईँ को चासो किन नगएको । नगर उपप्रमुख भए पछि जनताको काममा जुन सुकै वेला पनि जानू पर्ने हुन्छ तर कार्यपालिका बैठकमा मै घाम छ पनि पर्छ एक दुई ओटा योजनामा जादा दुख हुन्छ भन्ने कुराको अभिव्यक्ति दिनु कति उचित होला त ? योजनाहरूको भुक्तानी नहुदाँ उपभोक्ता समिति मारमा परेका चै तपाईँका जनता हैनन् र ?


तपाई माथि अन्याय भएको भए त्यसको निराकरण खोज्ने छानबिन गर्ने की अरु प्रति दोषारोपण गर्दे हिड्ने ? तपाई नेतृत्वमा आए पछि पालिका भित्र के के भो हैन जनताका विषयमा के के गर्न भो महत्वपूर्ण कुरा हो । तपाइको सम्पत्ति कति छ तपाई कुन खानदानबाट हो त्यो जनताको चासोको विषय हैन ।

विडम्बना तपाईंले नगर सभाबाट प्रस्तुत गरेको नगरका योजनाहरू तराईबाटै किन अपहेलना र पक्षपात तपाई जय गर्नेहरूको मात्रै योजनाहरू हेर्ने उनीहरूको मात्रै कुरा सुन्ने हो भने बाँकी आम जनता कहाँ जाने
जनताका कामलाई पनि प्राथमिकता दिएर अगाडि बढ्दा राम्रो हुने थियो । पालिका भित्रका योजनाहरूको अनुगमन तथा निरीक्षण गर्ने दायित्व मार्फत समृद्ध कञ्चनरूप, सुखी कञ्चनरूप बासी बनाउने तर्फ उन्मुख हुँदा जनताले पनि हो मा हो मिलाउने थिए ।
तर, तपाईंको दुर्भाग्य एकै राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने दुई धार किन यो जित त बाँदरका हातमा नरिवल जस्तै भयो । जनताको त्यो आदेशलाई सदुपयोग गर्न सके कञ्चनरूपको इतिहासमा नाम रहला नत्र भने भन्न सकिन्न , काँक्राको चिरा परे जस्तो टुक्रा टुक्रा बन्न छाडी दिनुस् ।
दुईटा नाउमा खुट्टा राख्ने मानिस कहिल्यै सफल भएको इतिहास छैन ? त्यसकारण भएका समस्याहरू समय छंदै निराकरण गर्ने राम्रो हुनेछ । हाम्रो कञ्चनररूपलाई भाँडभैलोमा नलैजाऊ । राजनीतिक दलहरूको नेतृत्व गरे पनि जनताको जुनसुकै हस्तक्षेप गर्ने अनि राजनीतिक परिवेशबाट आफ्नो अनुकुलताको व्याख्या गर्ने र कञ्चनरूप को छविलाई छियाछिया पारेर आजको जुन गति त्यसको अन्य गरूँ ।
कर्मचारी तपाइका सेवक हु त ?
कर्मचारीलाई तपाइले कुन दृष्टि हेर्नु हुन्छ । आफ्नो पदीय मर्यादाको पनि ख्याल पर्छ । सार्वजनिक स्थलमा कुनै कर्मचारीलाई त त म म गर्नु भनेको आकाशमा थुक्दा आफ्नै मुखमा छिटा पर्छ भन्ने बिर्सनु भएको जस्तो छ । अनेकन विभेद जथाभावी बोल्दैमा वा हकारेको भरमा कर्मचारी सरुवा हुँदैन । कर्मचारीको आफ्नै मूल्यांकन हुन्छ । केही कर्मचारीको साथ छ भन्दैमा राणा शासनको लाध्ने प्रविधिले ग्रस्त हुनु भएको जस्तो छ । कर्मचारी तपाईँका दुस्मन हैन दुस्मन झैँ व्यवहार गर्नु भनको तपाइएको पदीय मर्यादा भित्र पर्दैन ।
कर्मचारीले राम्रोसँग काम गरेन कर्मचारी सुविधा भोगी भयो कर्मचारीतन्त्र नेतामुखी भयो भन्ने आरोप लगाउनु मुर्खता होला । नगरका प्रमुख वा उप प्रमुख जुनसुकै आएपनि कर्मचारीलाई केही अर्थ हुँदैन फरक पर्दैन । राम्रो कसले गर्छ, कानुन कसले राम्रो पालना गर्छ । कर्मचारीलाई चलाउनु भनेको आफै बिग्रनु भन्ने हेक्का राखेको वेश होला ।
केही समय अधि कर्मचारी सरुवाको विरोध गर्दै धर्नामा उत्रिँदा सर्वतन्त्र आलोचनाका सिकार हुनु भएकै हो ।












