Logo

भ्रष्टाचार विरुद्ध एकीकृत समाजवादीको देशभर प्रदर्शन (फोटो फिचर)

                     
Logo २८ बैशाख २०८०, बिहीबार १९:०३    

अम्बिका दाहाल काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का भातृ सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कडा कारबाहीको माग गर्दै  देश भरी प्रदर्शन गरेका छन् ।

सो पार्टी निकट मोर्चाहरूले बिहीबार राजधानीको माइतीघर मण्डला लगायत देशका सबै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ जनाइएको छ ।

देशमा विद्यमान भ्रष्टाचार लगायत नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन र कारबाही प्रक्रिया टुंग्याउन दबाब दिने उद्देश्यले देशभर एकै साथ प्रदर्शन गरेका हुन् ।

मोर्चाका नेता कार्यकर्ताहरूले दोषीमाथि कारबाहीको माग गरिएका विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

पाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैधानिक कार्यमा संलग्न गिरोहलाई सहयोग पुर्‍याएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण सहित उच्च पदस्थ व्यक्तिहरू सहित करिब एक दर्जनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, खाणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टङ्ककुमार गुरुङ, रामशरण केसी र गोविन्द चौधरीसहित १२ जना पक्राउ परिसकेका छन्  । एमाले सचिव रायमाझी भने पक्राउ पुर्जी जारी भए लगत्तै सम्पर्कविहीन अवस्थामा छन् । 


लोकप्रिय छुटाउनुभयो कि ?