३ जेष्ठ कञ्चनरूप । आर्ट ऑफ गीविंग को १०औे वार्षिक उत्सव, विश्वभर मनाइ रहँदा सप्तरीको कञ्चनरूपमा पनि भव्यतापूर्वक मनाइएको छ । वार्षिक उत्सव विश्वका १२१ राष्ट्रमा मे १७मा एक साथ मनाउने गरिएको छ ।


इलाका प्रहरी कार्यलयको प्राङ्गणमा सञ्चालित कार्यक्रममा कञ्चनपुरमा Helping the Help 'Serve those who serve you सेवाहरू गर्ने उद्देश्यको साथ मनाइएको आर्ट ऑफ गिविंग, नेपाल कञ्चनपुरका अध्यक्ष रोशन गुप्ता बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले ५० जना दलित विद्यार्थीहरूलाई कपी,बल्पेन्, बिस्कुट, फ्रूटी तथा नगर सरसफाइ कर्मचारी, एम्बुलेन्स चालक दमकल चालक, नेपाल बैंक, एभरेस्ट बैंक, माछापुछ्रे बैंक को कार्यालय सहयोगी , ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय प्रहरी लगायत लाई झुल, छाता, मास्क, आदि सामग्रीहरू वितरण गरेका थिए ।

उक्त कार्यक्रममा वडा न। ८ का वडा अध्यक्ष कृष्ण साह, इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर रमेश तिमिल्सिना, माउन्ट एभरेस्ट स्कुलका प्रधानाध्यापक , समाजसेवी पुनम मिश्रा, लगायत को उपस्थिति रहेको थियो । कार्यक्रममा आर्ट ऑफ गीविंगका आकाश गुप्ता, विवेक साह, खेमराज यादव, बैजू साह, रोहित गुप्ता, सञ्जय शर्मा, अविनाश ठाकुर, कृष्ण भुजेल, प्रितम सरदारको सहभागिता रहेको थियो ।
कार्यक्रममा सफल बनाउनको लागी सहयोग गरिदिने सम्पूर्णका आर्ट ऑफ गीविंगका अध्यक्ष रोशन गुप्ता धन्यवाद ज्ञापन गरेका थिए ।













