२९ ,वैशाख , विराटनगर । नेपाल कर्मनिष्ट पार्टी ( एकीकृत समाजवादी ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीलाई कारवाहीको माग गर्दे विराटनगरमा प्रदर्शन गरेको छ । नगरकमिटीको आयोजनमा भएको प्रदर्शन विराटनगर महानगरपालिका विभिन्न स्थानमा प्रदर्शन गरेको हो ।


एकीकृत समाजवादी विराटनगर महानगरको आयोजनामा भएको दबाब र्याली नगरको परिक्रमा गरी काली मन्दिर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्र तथा जिल्ला तहका नेताहरूले घटनाका दोषीलाई कारबाही गर्ने खुट्टा नकमाउन आग्रह गरेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने घटनाले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छवि गिराउने काम भएको कोणसभामा बोल्ने वक्ताहरूले बताएका छन्। जुनसुकै पार्टीको भएपनि यो प्रकरणमा मुछिएकाहरूलाई कारबाही हुनुपर्ने उनीहरूको जोड थियो।
र्यालीमा सहभागीहरूले मानव बेचविखन गर्ने काम बन्द गर, गृहमन्त्री खुट्टा नकमाऊ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।













