नक्कली शरणार्थी प्रकरणको ‘हाई प्रोफाइल’ शब्दावली चर्चाको चुलीमा छ । न्यायलयले यो दोषी भन्दा समेत हाम्रा नेताहरू फलानो त चोखै छन् भन्नु भनेको यसमा उनीहरूको पनि संलग्नता छ भन्ने प्रस्ट हुन्छ ।


नेपालका पछिल्ला केही उदाहरणहरू हर्ने हो भने मेरा फलानो नेता निर्दोष छन । बाटो बाटेमै धरपकड गर्न पाइँदैन भन्दै ठुलो स्वरमा गर्जने पार्टी प्रमुखहरू पनि छन् ।
नेपालमा मात्रै पूर्वहरूलाई समातिएका हुन र ? केही दिन अघि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर भए । त्यस भन्दा अघिका केही उदाहरण हर्ने हो भने भारतका प्रधानमन्त्री पीभी नरसिंह राव , पाकिस्तानका राष्ट्रपतिहरू असिफ अली जर्दारी, परवेज मुसरफ, बङ्गलादेशकी प्रधानमन्त्री खालिदा जिया ,इरानका प्रधानमन्त्री अमिर अब्बास लगायतलाई पदमुक्त भइसकेका भए पनि अदालतबाट दण्ड सजाय तोकिएको थियो ।

विश्वको इतिहास हेर्ने हो भने राज्यको शासन वाग डोर आफ्नो लिएर कुनै वेला शासक बनेकाहरू जेल जीवन जिउन बाध्य भएका उदाहरणहरू पर्याप्त भेटिन्छन् ।
इतिहासलाई केलाउने हो भने एसिया , युरोप, अफ्रिका, अमेरिका सम्मको जेल जीवन जिउन बाध्य भएका उदाहरणहरूको सूची महाभारत भन्दा ठुलो छ ।
राजा, राष्ट्रपति र प्रधानमन्त्री लगायत पदमा रहँदा सम्म त केही नहोला पावर लाग्ला तर पदमुक्त भएपछि जेलमा पुगेका कुराहरू हामीले देख्दै सुन्दै आउकै छौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा लहरो तान्दा पहरो आउने भए पछि यति बेहाल नेता भनाउँदाको कोलाहल मच्चिएको छ । एक पछि अर्को मुछिदै छन ।
यती खेर भ्रष्टाचार गर्दिनँ र सहन्नँ पनि’ भन्ने, हाम्रा बा बरबराउन थालेका छन । आफ्नै कार्यकालमा भएको प्रोफाइलहरू खुल्न थाले पछि बरबराउन स्वभाविक नै हो ।
गुमनाम प्रोफाइल काण्ड वाइड बडी काण्ड, यति काण्ड, ७० करोडको प्रेस काण्ड, लाउडा काण्ड, अन्य काण्डहरू खुले पछि कस कसलाई जोगाउने बाको निन्द्रा नै हराम भएको होला । यी प्रोफाइलहरू खोतल्ने हो भने को चोखो छ भन्न खोज्नु पर्ने आस्था आउने पक्का नै छ । भ्रष्टलाई काँध हाल्दै उखान टुक्काले देश चलाइरहेका बाका आउरे बाउरे गुणस्तरीय काण्डमा व्यस्त थिए ।
यती वेला बा तिरै औँला तेर्सिएको छ । आउरे बाउरेले गरको काण्डमा आफैं तानिने हु की भन्ने डरले बा बरबरउन थाले हुन सक्छन् ।
रविले घण्टी बजाइरहेका बेला काण्डेहरू लाई पार्टीबाट वा सांसदबाटै कार्यवाही तथा निस्कासन गर्नु भनेको भेरी घण्टी बज्ने डर पनि होला बालाई ।
बाका विश्वासिला पत्र रायमाझी सम्पर्क विहीन भएर प्रहरीसँग लुकेपछि छटपटी पनि बढी नै भएको होला । त्यसैले प्रकरणकोे कलङ्गको टीका पखाल्न कम्वर कसेर लागी परेका छन ।
यता ठूलाबा पनि नखाउ भने दिन भरीको सिकार खाउभने कान्छा बाको अनुहार जस्तै भएका छन् ।
‘स्वतन्त्र अनुसन्धान होस् भनु भने आफ्नै परे नभनु आफ्नो इज्जत नै जाने ठुलाबा पनि दोधारमै छन । एकपछि अर्को गरेर आफ्ना सबै तानिन थाले पछि ठुलाको बेचैनी ह्वात्तै बढेर राल सिगान हुदै बालुवाटार तिर धाउन थालेका छन् ।
कलङ्गको टीका पखाल्न हाम्रा दुवै बा र ठूलाबाहरु कम्वर कसेर लागी परेका छन । कलंकको टीका पखालीने हो की एका देशको कथा हेर्न बाँकी । जय बाहरु पशुतिनाथले याहाँको रक्षा गरुन ।












