अम्बिका दाहाल , ज्येष्ठ ४ , काठमाडौं ।


सुशासन अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले तराई विकास तथा सञ्चार केन्द्र नेपालले सुशासन प्रवर्द्धनमा नागरिकको भूमिका विषयक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार सम्पन्न भएको कार्यक्रममा बोल्दै कार्यक्रममा महालेखा परीक्षक कार्यालयका महालेखा परीक्षक माननीय टंकमणि शर्माले मुलुकका कुशासन फस्टाईरहेको, भ्रष्टाचारजन्य गतिविधि बढिरहेको जिकिर गर्दै त्यसको न्यूनीकरणका लागि दुई सूत्रको खुलासा गरेका हुन् ।

लामो समयदेखि महालेखा परीक्षकको कार्यालयमा महालेखा परीक्षकको रुपमा काम गर्दै आएका शर्माले भ्रष्टाचार न्यूनीकरणको लागि उचित कदम चाल्नुपर्नेमा जोड दिँदै दुई सूत्र अगाडि सारेका हुन् ।
उनले भने, ‘व्याप्त भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन तर्फ उन्मुख हुने कि सबै अनुशासित भई आ आफ्नो तर्फबाट सुशासन कायम गराउँदै भ्रष्टाचार नियन्त्रण गर्ने, यी दुई मध्ये एक शत्रुको प्रयोग मार्फत भ्रष्टाचार तथा अनियमितता न्यूनीकरण गर्न सकिन्छ रु’
उनले बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि गठन भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायहरूले मात्र नभएर आम जनताले सुशासनका लागि खबरदारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता एवं प्रोफेसर युवराज सङ्ग्रौलाले नेपालमा विदेशी हस्तक्षेप बढ्दा मुलुकमा भ्रष्टाचार लगायतका विकृतिहरू बढिरहेको दाबी गरे ।
सङ्ग्रौलाले हालैमात्र गरेको गहिरो अध्ययनबाट मुलुकको अर्थतन्त्र १० जनाको हातमा रहेको प्रष्ट भएको छ र ती १० जना विदेशीले चलाएको खुलासा गरेका छन् ।
‘शिक्षा नीति विदेशी, अर्थ नीति विदेशी, न्यायाधीश नियुक्तिमा विदेशी प्रभाव, कानुनको कुरा आउँदा विदेशी, वित्तको कुरा आउँदा विदेशी यी सबै कुरामा विदेशीको इन्ट्रेस र टेनिङ्गमा आइरहेका छन् अनि कसरी हुन्छ सुशासन रु’
कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल , अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल, राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्य , ट्रान्सपरेन्सी इन्टरनेशनलका प्रमुख पदमिनी प्रधानाङ्ग, उपमहालेखा परीक्षकहरू नेपाल सरकारका सचिव तोयम राय लगायतका सचिवहरू राष्ट्रिय अभिभावक संघका अध्यक्ष काठमाडौँका प्रजिअ घनश्याम उपाध्याय महानिर्देशकहरू ,कानुन व्यावसायी लगायतका नागरिक समाजका अगुवाको बाक्लो उपस्थित रहेको थियो ।












