काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा प्रहरीले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


समाचार स्रोतका अनुसार बिहीबार अपरान्ह ५ बजे रिजाललाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा रिजालमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

रिजाल भुटानबाट विस्थापित भइ नेपालमा शरण लिइरहेका शरणार्थीहरु मध्येका उच्च तहका व्यक्ति हुन् । रिजालले शरणार्थी अधिकारका क्षेत्रमा काम गर्दै आएका छन् । तर उनी आफैं नै गिरोहसँगको आर्थिक लेनदेन गरेको तथ्य भेटेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रिजाल भुटानी शरणर्थीलाई भुटानमै पुनर्स्थापित गर्ने मुद्दा लिएर उनीहरूको अधिकारका लागि वकालत गर्दै आएका थिए । उनीसहित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेका संख्या १६ पुगेको छ । हिटाबाट












