Logo

नयाँ विद्युत लाइन निर्माण कार्य गर्दा पालिकाहरूलाई प्राधिकरणसँग समन्वय आग्रह  

                     
Logo ५ जेष्ठ २०८०, शुक्रबार १४:५३    

ज्येष्ठ ५ ,कञ्चनरूप  । नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रले नयाँ लाइन निर्माण कार्य गर्दा नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रसँग समन्वय गरी काम गर्न पालिकाहरूलाई अनुरोध गरेको छ ।

प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्तर्गत रहेका कञ्चनरूप नगरपालिका ,हनुमाननगर कंकालिनी नगरपालिका सप्तकोसी नगरपालिका अग्नीसाईर कृष्णसवरन गाउँपालिका, महदेवा गाउँपालिका र  तिरहुत गाउँपालिकालाई उद्रित गर्दे प्राधिकरण कञ्चनपुरले एक सूचना जारी गरी विद्युत प्राधिकरणको मापदण्ड अनुसार कार्य गर्न र गराउन भनेको छ ।

सूचनामा भनिए अनुसार कार्य नभएमा लाइन चालु गर्न नेपाल विद्युत प्रधिकरण बाध्य नहुने र सम्भावित दुर्घटनाको जवाफदेही स्थानीय तह तथा सम्बन्धित व्यक्ति र ठेकेदार स्वयं हुने साथै उक्त लाइन बिग्रिएमा यस वितरण केन्द्रबाट मर्मत नगरिने समेत जानकारी गराइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?