जेठ ८ ,कञ्चनरूप । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको मधवापुरस्थित खेतमा घाँटी काटिएको अवस्थामा युवकको शव फेला परेको छ ।


नगरपालिकाको वडा नम्बर ४मा पर्ने मधवापुर स्थित खेतमा टेलरिङ फयाक्ट्रीको पछाडि अन्दाजी २५ वर्षीय युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
शव भेटिएको स्थानमा मदिरा र बियरका बोतलहरु समेत भेटिएको छ । युवकको परिचय खुल्न बाँकी छ भने शवबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













