जेठ ८ ,कञ्चनरूप । मधेश प्रदेश सभा सदस्य गोविन्द न्यौपानेले खड्क नगरपालिका वडा नं —५, रन्जीतपुरमा विद्यालय भवनको शिलान्यास गरेका छन।


सप्तरीको क्षेत्र नं.४ (क)मा संसदीय विकास कोष तथा खड्क नगरपालिका संयुक्त बजेबाट विद्यालय भवनको शिलान्यास गरिएको हो ।
सप्तरी क्षेत्र नं.४ (क) का प्रदेश सभा सदस्य गोविन्द न्यौपाने को संसदीय विकास कोषबाट बीस लाख खड्क नगरपालिकाबाट नगरको बजेट पैँतालीस लाख गरि पैँसट्ठी लाखको लागतमा खड्क नगरपालिका वडा नं —५,रन्जीतपुर स्थिीत जनता आधारभूत विद्यालय खोजपुरको भवन शिलान्यास गरिएको हो ।













