Logo

मधेसमा नवनियुक्त तीन मन्त्रीले लिए शपथ

                     
Logo ९ जेष्ठ २०८०, मंगलवार २०:१४    

९ जेठ ।जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एकीकृत समाजवादी गोविन्दबहादुर न्यौपाने सहित नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र विरेन्द्रप्रसाद सिंह मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार तथा विकासमन्त्री र वीरेन्द्र प्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ ‘क’बाट निर्वाचित न्यौपाने ११ हजार ४२९ मत ल्याएर मधेस प्रदेशसभा सदस्य पदमा दोहोरिएका थिए ।

न्यौपाने गत पुष १४ गते मधेस प्रदेशका ज्येष्ठ सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए भने न्यौपानेले प्रदेशसभाका १०६ सदस्यलाई गत पुष १५े शपथग्रहण गराएका थिए ।

यसै गरी गत मंसिर ४मा सम्पन्न निर्वाचनमा रौतहटको क्षेत्र नम्बर १ (२)बाट १२ हजार ४ सय ८९ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसकै वीरेन्द्र प्रसाद सिंह सर्लाहीको क्षेत्र नम्बर ४ क प्रदेश सभा सदस्यमा १५ हजार ६९३ मत प्राप्त गरेर मधेस प्रदेशसभा सदस्य पदमा दोहोरिएका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता भरत साहले आफ्नो पार्टीबाट मधेस प्रदेश सरकारमा रहेका दुबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको बताएका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ुमाओवादी संसदीय दलको बैठकले दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केन्द्रीय सहमतिविपरीत भएको मन्त्रिपरिषद् विस्तारप्रति हाम्रो असहमति छ ।’ मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्दा सत्ता साझेदार दलहरुसँग सामान्य छलफलसमेत नगरेको उनको गुनासो छ ।

मन्त्रीहरुको शपथ ग्रहणपश्चात् बाहिरिनेक्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री यादवले माओवादी केन्द्र, लोसपा र जनमत पार्टीको असन्तुष्टि तथा माओवादी केन्द्रले मन्त्री फिर्ता बोलाएको विषयमा कुनै जानकारी नभएको बताए । उनले सत्ता साझेदार दलहरुबीचको सम्पूर्ण समस्या एक साताभित्र समाधान हुने दाबी गरेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?